(Saturday 25th of July 2026)
`

आदेशको भरमा नगर स्वास्थ्यका कर्मचारी ओली कोभिड व्यवस्थान समितिमा

  • सगरमाथा गन्तब्य
  • 13K
    SHARES

    नेपालगन्ज : हेल्थ असिस्टेन्ट तेज वली आफूलाई जिल्ला कोभिड संकट व्यवस्थापन समिति बाँकेको फोकल पर्सन भन्दै सामाजिक सन्जालमा कोरोनाको अवस्था बारे जानकारी पोष्ट गर्छन । जिल्ला प्रशासन कार्यालयमा रहेको समितिकै कोठामा बसेर काम गर्छन । तर, दैनिक हाजिर भने नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखामा पुगेर गर्छन । किन त ? जहाँको कर्मचारी हुन त्यही नै हाजिर हुनु पर्यो नि, स्वास्थ्य शाखाका एक कर्मचारी भन्छन् ।
    उनका अनुसार वलीलाई आदेशका भरमा जिल्ला कोभिड संकट व्यवस्थापन समिति बाँकेको सम्पर्क व्यक्तिका रुपमा खटाइएको छ । कोभिड संकट व्यवस्थापन समितिले आवश्यक पर्ने जनशक्ति उपलब्ध गराइ दिन नगरको स्वास्थ्य शाखासंग लिखित पत्राचारसमेत गरेको छैन । सरकारी पक्रिया अनुसार समितिले आवश्यक पर्ने जनशक्तिका लागि कम्तिमा पनि स्वास्थ्य शाखासंग समन्वय गर्न सक्थ्यो । हामीले यसरी आदेशको भरमा यहाँको कर्मचारी पठाउँन मिल्दैन भन्यौँ । तर आदेश, सनक र पावरका भरमा वलीलाई समितिमा लगियो, नगरपालिकाका एक स्वास्थ्यकर्मी भन्छन् ।
    नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले पनि कोभिड व्यवस्थापन समितिले जनशक्ति माग गर्दा कुनै लिखित पत्राचार नगरेको स्वीकार छन् । समितिले काम गर्ने मान्छे चाहियो भने पछि वलीलाई पठाइएको हो, उनले भनिन्,पत्राचार गरिएको छैन । समितिले फेरि पनि उनलाई फिर्ता पठाई दिनसक्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology