आशा परियार, बर्दिया – बर्दियाको बासँगढीमा स्कुटी चोरी गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला बर्दिया बढैयाताल गाँउपालिका वडा नं. ५ हल्लन चोक स्थित बस्ने २८ बर्षिय शंकर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँसगढी नगरपालिका वडा नं. ५ शान्ती मार्गटोल स्थितमा रहेको बासुदेब पौडेलको घर अगाडी आगनमा राखेको स्कुटी माघ ११ गते साँझाको समयमा चोरी भएको थियो ।
बढैयाताल गाँउपालिका वडा नं. ३ सिमरा बस्ने ३० बर्षिया बामदेब पौडेलको भे.१० प ६४८५ नं. को स्कुटी चोरी भएपछि तत्काल ईलाका प्रहरी कार्यालय बर्दिया मोतिपुरमा खटिएका प्रहरी टोलीले बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. ५ स्थित सालघारी सामुदायिक जंगल नजिकै फेला पारी चोरी भएको स्कुटी बरामद गरेको थियो ।
उक्त स्कुटी खोजतलास गर्दै जाने क्रममा जिल्ला बर्दिया बढैयाताल गाँउपालिका वडा नं. ५ हल्लन चोक स्थित अन्दाजी २८ बर्षिय परियारलाई भाग्दै गर्दा ईलाका प्रहरी कार्यालय बर्दिया मोतिपुरका प्रहरी टोलीले नियन्त्रणमा लिन सफल भएको हो । स्कूटी चोरी गर्ने परियारलाई आबश्यक कारवाहीको लागि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
