नेपालगन्ज, माघ ०९ – गृहिणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाँकेले अनिवार्य खोपकार्ड लागु गरेको छ । कोरोना संक्रमणदर बाँकेमा बढ्दै गएको हुनाले यसको रोकथामका लागि संस्थामा आउने शेयर सदस्य तथा शेयरधनीलाई अनिवार्य खोपकार्ड लागु गरेको हो ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिमलाई रोकथाम र नियन्त्रणका लागि सरकारले खोप कार्ड अनिवार्य गरेको छ । नेपाल सरकारले माघ ७ गतेबाट सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गराईएको हो । सोही निर्णय अनुसार, यस संस्थाको मुख्य कार्यालय काउण्टरमा विभिन्न कार्यहरुको लागि प्रवेश गर्नुहुने शेयरसदस्य तथा अन्य महानुभावहरुले कोभिड विरुद्धको खोप लगाईएको कार्ड (वा सोको मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य रुपमा लागु गरेको छ ।
खोप कार्ड अनिवार्य भए मात्र सेवा सुविधा प्रदान गरिने गृहिणी बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ । सार्थ सम्पुर्ण शेयर सदस्य, शेयर धनीलाई अनिर्वाय खोपकार्ड साथमा लिएर आउन सहकारीले अनुरोध गरेको छ ।
