(Saturday 25th of July 2026)
`

लोपोन्मुख बनकरियालाई तालिम र जाडोको कपडा

  • सगरमाथा गन्तब्य
  • 5.8K
    SHARES

    मकवानपुर : लोपोन्मुख आदिवासी बनकरिया जातिका किशोरीहरुलाई नेतृत्व विकास र वकालत तालिम दिईएको छ भने बनकरियाका सबैलाई जाडोको कपडा प्रदान गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका ४ हाँडिखोलास्थित बनकरिया टोलमा आयोजित ४ दिने तालिममा बनकरिया समुदायका २२ जना सहभागी थिए ।
    राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौंले आयोजना गरेको तालिममा क्यानडा सरकारको सहयोग रहेको थियो । तालिममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यसोकान्ति भट्टचनले आदिवासी, आदिवासी महिला, नेतृत्व विकास, संस्थागत विकास, अन्तराष्ट्रिय श्रम संगठन(आईएलओ), आईएलओको धारा १६९, आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र(यूएनड्रीप), महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलनसम्बन्धी महासन्धी(सिड), जलवायु परिवर्तन लगायतको बिषयमा प्रशिक्षण दिएकी थिईन् ।
    कार्यक्रममा मृतक आमा–बुवाको स्मृतिमा सहयोगी हातहरुबाट प्राप्त ६० हजार रुपैंयाबाट बनकरिया बृद्ध, महिला, युवा, किशोरकिशोरी र बालबालिकालाई जाडोको टोपी, पछ्यौरा, ट्रयाकसुट लगायतका कपडा हस्तान्तरण गरिएको थियो । कार्यक्रम मनहरी गाउँपालिका ४ का वडा अध्यक्ष ध्रुब खड्काको प्रमुख आतिथ्य तथा बनकरिया महिला विकास संघकी अध्यक्ष सन्तमायाँ बनकरियाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी फिल्ड संयोजक सनिला लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा सहभागी किशोरी, महिलाहरुले तालिम धेरै जानकारीमुलक रहेको भन्दै नेतृत्व विकाससँगै आफ्नो अधिकार प्राप्त गर्न सहयोग पुग्ने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology