नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–८ एकलैनी स्थित कालीमाई मन्दिरमा पौष २० गते देखि श्रीराम कथा हुने भएको छ ।
कसौंधन बैश्य समाज मूल कार्य समिति बाँके, युवा मञ्च, महिला मञ्च तथा हलचल फउण्डेशन नेपालगन्जको संयुक्त आयोजनामा मंगलवार पौष २० गते देखि २६ गते सम्म श्रीराम कथा हुने भएको कसौंधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । श्रीराम कथामा आर्दश व्यक्तित्व बन्नका लागी सिकाउन्छ कालीमाई श्रीराम कथाका संयोजक बैश्यले बताउनुभयो ।
माता–पिताले आफ्ना छोरोछोरीसंग कस्ता व्यवहार गर्ने, सासु–ससुराले बुहारीसंग कस्ता व्यवहार गर्र्ने, छोराले आफ्ना माता–पितासंग गर्ने व्यवहार लगायतको बारेमा श्रीराम कथाबाट सिक्न सकिन्छ र राम कथाले आ–आफ्ना कर्तव्य के हो त्यसको सन्देश दिन्छ, त्यही उद्देश्यका साथ श्रीराम कथाको आयोजना गरिएको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा कसौंधन बैश्य समाजका महासचिव सत्य नारायण कसौंधन र युवा मञ्चका अध्यक्ष आदित्य कुमार गुप्ताले श्रीराम कथाको बारेमा जानकारी गराउदै कथा दिउँसो ३ बजे देखि ६ बजे सम्म दैनिक हुने जानकारी दिनुभयो ।
पौष २० गते बिहान ९ बजे कालीमाईको मन्दिरबाट शोभा (कलश) यात्रा निस्किन्छ । सो शोभायात्रा त्रिभुवन चौक हुदैं, त्रिवेणीमोड, बागेश्वरी मन्दिर, धम्बोझी चौक, सेतुबिक चौक लगायत नगरका विभिन्न भाग परिक्रमा गरि पुन कालीमाई मन्दिरमा पुगि श्रीराम कथामा पुग्ने आयोजक समितिका संयोजक बैश्यले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । भारत बिन्द्रवनबाट पुरुषोत्तम उपाध्यायको मुखारबिन्दबाट श्रीराम कथा वाचन हुने समेत उहाँले जानकारी गराउनुभयो ।
