(Saturday 25th of July 2026)
`

बिपन्न परिवारका ५० जनालाई कम्मल वितरण

  • सगरमाथा गन्तब्य
  • 7.6K
    SHARES

    नेपालगन्ज : बढदो जाडो अनि शितलहरलाइ मध्यनजर गर्दै सेवा नेपाल बाँकेले बिपन्न, असहाय, अशक्त व्यक्तिलाई कम्मल बितरण गरेको छ । सेवा नेपाल बाँकेका अध्यक्ष लालुमाया शाही, डाक्टर प्रकाश नाग, महिला उद्यमी बिन्दु चर्तिमगर लगायतले नेपालगंन्ज उपमहानगरपालिका –२०, राझा गायत्रीनगरको टोलमा पुगेर ५० जना परिवारलाइ कम्बल बितरण गरेका हुन् । टोलका बिपन्न अशक्त असहाय लाइ कम्बल बितरण गरीएको बिन्दुचर्ती मगरले बताइन् ।
    सो वडामा धेरै दलित बिपन्न परिवार रहदै आएका छन् । आर्थिक अभावका कारण अस्पताल सम्म पुग्न नसकेका उनिहरुका लागि संस्थाले डाक्टर सहित चाडै नै स्वास्थ्य शिबिर पनि संचालन गर्ने चर्तिमगरले सुनाइन् । संस्थाले बिपन्न अवस्थामा रहेकालाइ एम्बुलेन्स सेवा समेत आधा प्रतिशत ब्यबस्था गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology