(Saturday 25th of July 2026)
`

सृष्टिको अध्यक्षतामा स्वास्थ्य समुह गठन

  • सगरमाथा गन्तब्य
  • 8.1K
    SHARES

    नेपालगन्ज – जनतासंग एमाले अभियान अन्र्तगत नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेका स्वास्थ्य विभाग इन्चार्ज अछरी पोखरेलको अध्यक्षतामा मेडिकल कलेज नेपालगन्जमा कार्यरत स्वास्थ्यकर्मीहरुको भेलाले सृष्टि श्रेष्ठको अध्यक्षतामा ७ जनाको स्वास्थ्य समुह गठन गरेको छ । जसको उपाध्यक्षमा चित्रा विसी, सचिव, शारदा क्षेत्री, सह– सचिव मधु ज्ञवाली, कोषाध्यक्षमा सुनिता के.सी. रहेका छन् । यसैगरी सदस्यहरुमा सुमित्रा कनोजिया, विजया लक्ष्मी केसी, बसन्ती वि.सी. रहेका छन् ।

    भेलामा स्वास्थ्यकर्मी महिलाहरुले ४ महिनादेखि तलब नपाएको, कोभिडको समयमा भत्ता र विदा नपाएको, स्वास्थ्य निर्देशिका अनुसार तह मिलन नभएको, नेपाल सरकारबाट प्रदान गरीने प्रशिक्षण नपाएको, नर्सिडको तलब सुब्बाको सरह भएपनि रु.१३४०० मात्र पाएको, कोरोनाको वेला ८ घण्टाको डिउटी बढाएर २०० खाजा भत्ता दिने भनि १२ घण्टा काममा लगाए पनि खाजा भत्ता पनि नदिएको, मेडिकल कलेजमा राजनीतिकरण गरी आस्थाको आधारमा विभेद गर्ने गरेको जस्ता समस्या खेप्दै आएको गुनासो गरेका थिए । साथै १४ सय कर्मचारी रहेको मेडिकल कलेज नेपालगन्जमा सहभागीहरुले नेपाल सरकारले ३३ दिनको विदा घटाएर २४ दिन बनाउदा घटाएको तर बढाएर पुन ३३ दिन बनाउदा नबढाएको पनि गुनासो गरेका थिए ।
    स्वास्थ्य समुहले प्रत्येक महिनामा स्वास्यकर्मीले भोगेका समस्या, चुनौती र समाधानका उपाय जस्ता विषयमा प्रत्येक महिनाको १६ गते १ बजे बैठक बसी महिनाभरी भएगरेका कामको समिक्षा र मुल्यांकन गर्ने निर्णय गरेको छ । भेलामा स्वास्थ्यकर्मीहरुको स्वास्थ्य समुह गठन सम्बन्धमा, स्वास्थ्यकर्मीका समस्या सम्बन्धमा र बैठक बस्ने सम्बन्धमा गरी ३ वटा एजेण्डामा छलफल गरीएको थियो । भेलामा २ दर्जन बढि स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।


    भेलामा नेकपा एमाले जिल्ला कमिटि स्वास्थ्य तथा जनसंख्या विभाग सह इन्चर्ज अनिता थापा, सचिव सुमन गीरी, जिफन्टका नगर अध्यक्ष कृष्ण वहादुर बुढा, अटो रेक्सा व्यवसायी संघका अध्यक्ष रवि न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology