(Saturday 25th of July 2026)
`

नेपालगन्जको जमुनाह नाकाबाट एक बर्षमा ४३५ को उद्धार

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    आशा परियार- नेपालगन्ज १६ पुष : मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध सञ्चारकर्मीहरुसग अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध सञ्चारकर्मीहरुसग अन्र्तरक्रिया कार्यक्रम, नेपाल पत्रकार महासंघ, बाँके र माइती नेपाल नेपालगन्ज बाँकेको आयोजनामा भएको हो । माइती नेपाल नेपालगन्जले सन २०२१ मा माइती नेपाल नेपालगन्जले ४ सय ३४ जनालाई नेपालगन्जको जमुनाह नाकाबाट उद्धार गरेको छ । जोखिमपुर्ण यात्रामा रहेका उनिहरुलाई सिमानाबाट उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले जानकारी गराउनुभएको छ ।
    सन २००२ देखि सन २०२१ सम्म जोखिमपुर्ण यात्रामा रही सिमानाबाट उद्धार गरिएको र पारिवारीक पुर्नर मिलन गराइएको माइती नेपाल नेपालगन्जका बिवरण अनुसार सन २००२ मा जोखिम पुर्ण यात्रामा रही उद्धार गरिएको संख्या १ सय ३४ जना रहेका छन भने पारिवारिक पुर्नरमिलन गराइएको संख्या १ सय ३२ जना, सन २००३ मा उद्धार गरिएको संख्या ९५ जना रहेका छन भने पारिवारिक पुर्नर मिलन गराइएको संख्या ९३ जना, सन २००४ मा उद्धार गरिएको संख्या ७१ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराइएको संख्या ७० जना, सन २००५ मा उद्धार गरिएको संख्या १ सय ५६ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराइएको संख्या १ सय ५० जना, सन २००६ मा उद्धार गरिएको संख्या २ सय २० रहेको छन भने पारिवारीक पुर्नरमिलन गराइएको संख्या २ सय २१ जना, सन २००७ मा उद्धार गरिएको संख्या ३ सय २६ जना रहेका छन भने पारिवारीक पर्नरमिलन गराइएको संख्या ३ सय २५ जना, सन २००८ मा उद्धार गरिएको संख्या १ सय ३८ रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या १ सय ३३ जना, सन २००९ मा उद्धार गरिएको संख्या २ सय ७७ छन भने पारिवारीक पर्नरमिलन गराईएको संख्या २ सय ७५ जना, सन २०१० मा उद्धार गरिएको संख्या १ सय ७३ रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या १ सय ७६ जना, सन २०११ मा उद्धार गरिएको संख्या २ सय ४१ जना रहेका छ । भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या २ सय ४३ जना, सन २०१२ मा उद्धार गरिएको संख्या २ सय ६३ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या २ सय ६४ जना, सन २०१३ मा उद्धार गरिएको संख्या ३ सय ४२ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराइएको संख्या ३ सय ४६ जना, सन २०१४ मा उद्धार गरिएको संख्या ४ सय ४७ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या ४ सय ६९ जना, सन २०१५ मा उद्धार गरिएको संख्या ५ सय ६६ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या ५ सय ६९ जना , २०१६ मा उद्धार गरिएको संख्या १ हजार २ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या १ हजार २९ जना, सन २०१७ मा उद्धार गरिएको संख्या १ हजार ७१ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या १ हजार १ सय १६ जना, २०१८ मा उद्धार गरिएको संख्या ९ सय २० जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या ९ सय १८ जना, सन २०१९ मा उद्धार गरिएको संख्या ८ सय ९६ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या ८ सय ९६ जना, सन २०२० मा उद्धार गरिएको संख्या २ सय ६७ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या २ सय ६९ जना, सन २०२१ मा उद्धार गरिएको संख्या ४ सय ३४ जना रहेका छन भने पारिवारीक पुर्नरमिलन गराईएको संख्या ४ सय ३२ जना रहेका थिए ।
    माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार कोभिडको समयमा जोखिमपुर्ण यात्रा गर्नेहरुको संख्या भन्दा खोजतलास गर्नेहरुको संख्या बढेको र अहिलेपनि २ सय ५५ जना १८ बर्ष भन्दा पनि कम उमेरका किशोरीहरुलाई रोकथाम गर्दै आएको जानकारी गराउनु भएको थियो । माइती नेपाल नेपालगन्ज साम्सादी उद्धारका लागी आन्तरीक बाह्रिय रुपमा बिषेश गरी सिमापार क्षेत्र भारतिय बिभिन्न स्थानमा उद्धार गरी पारिवारीक पुर्नरमिलन गर्ने कार्य गर्दै आएको उद्धार पश्चात कानुनी सेवा स्वास्थ्य सेवा लगायतका सेवा समेत प्रदान गराएको बताउनुभयो, उहाँले खोज तलास तथा उद्धारका लागि जादा जोखिमपुर्ण समेत रहेको कोइरालाले जानकारी गराउनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology