मनोज गोडिया – बर्दिया : बर्दियाको गुलरिया नगरपालिकाको तुलापुर चौक नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते हुनु भएको छ । नेपालगन्जदेखि तुलापुर तर्फ जाँदै गरेको से ६ प ७६२६ को मोटरसाइकल र भे ६ प ८२९ को मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । एक आपसमा ठक्कर हुँदा मोटरसाइकल र सवारी चालकमा क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका असई कमला विकले जानकारी गराउनुभयो । मोटरसाइकलमा सवार बर्दिया लालपुरका रमेश अहिर घाइते हुनुभएको ट्राफिक प्रहरी विकले जानकारी गराउनुभएको छ । उहाँको उपचार जिल्ला अस्पताल बर्दियामा भैरहेको उहाँले जानकारी गराउनुभयो ।
