(Saturday 25th of July 2026)
`

चलचित्र “युपिका डोन”मा देखिने भए आयुष खान

  • सगरमाथा गन्तब्य
  • 20.7K
    SHARES

    नेपालगन्ज : चलचित्रमा पाइला टेकेका आयुष खान अवार्ड पाउन सफल हुनुभएको छ । एकाएक चर्चामा आएका खान अब भारतिय सिनेमा दिखिने भएका हुन् । भारतको लखनउमा आयोजित एक बिशेष समारोहका बिचमा भारतीय वरिष्ठ हास्य कलाकार राजु श्रीवास्तवबाट सम्मानित गरिएको हो । अवार्ड पाएपछि खानलाई चर्चित निर्देशक नदिम खानको भारतीय चलचित्र “युपिका डोन“को पात्रमा देखिने भएका छन् । प्रोडुसर वाकिम खानको फिल्म “युनिभर्सिटी” संगै तिन चलचित्रको अवसर पाएका छन् । यसअघि भारतको मुम्बई, दिल्ली, लखनउ लगायत शहरहरुमा मोडेलिङमा भाग लिइ सकेका छन् ।


    आयुष खानलाई टोनी कपुरद्वारा निर्देशित भारतिय वेभसिरिज आवरगीको लागि समेत अवसर प्राप्त भएको छ । यस्ता सुनौलो अवसर प्राप्त गरेपछि हर्षित हुँदै आयुषले आफ्नो भुमिका जिम्मेवारी पुर्वक लगनशील भइ निभाउने साथै दर्शकको माग अनुसार दृश्य दिने समेत बताएका छन् । साथै केही समय पश्चात् काठमाडौंमा भारत र नेपालको मोडेलिङ कार्यक्रम हुने समेत बताइएको छ जसमा सौन्दर्य प्रतियोगिताको माध्यमबाट नेपाल र भारतको सम्बन्धलाई अझै प्रगाढ बनाउने बिश्वास लिईएको छ । जसमा भारत र नेपालका उच्च पदाधिकारी राजदुताबास साथै मन्त्रीहरुको उपस्थिति हुने जनाइएको छ । जसको निर्णायक भुमिका आयुष खानले गर्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology