(Saturday 25th of July 2026)
`

धनगढीमा डिलाईट साँस्कृतिक साँझ कार्यक्रम हुँदै

  • सगरमाथा गन्तब्य
  • 11.1K
    SHARES

    नेपालगन्ज : गुरुङ समुदायको तमु ल्होसार पर्वको अवसरमा कैलालीको धनगढीमा डिलाईट सांस्कृतिक साँझ २०७८ हुने भएको छ ।
    धनगढीको डिलाईट क्याफेको आयोजनामा यहि पुष १५ गते डिलाईट साँस्कृतिक साँझ २०७८ कार्यक्रम हुने भएको हो । साँस्कृतिक साँझमा राष्ट्रिय गायीका अन्नु चौधरीको बेजोड प्रस्तुतिसँगै चर्चित थारु कलाकारहरु नायक संगत थारु, थारु लोकगायक राजु चौधरी, चर्चित मोडेल सुनिता दहित, मोडेल रितु चौधरी र मोडेल मधु चौधरी लगायतका कलाकारको बिशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
    कार्यक्रममा कलाकारिता क्षेत्रमा योगदान दिएका कलाकार गायक गायिकाहरुलाई सम्मान पनि गरिने आयोजक टिमले जनाएको छ । सबै जातजातिहरुको कला सस्कृति झल्किने सग्रालयको लागि बिशेष पहल गरिने आयोजकले जनाएका छन् ।
    कार्यक्रममा गायन डान्स र कमेडीको भरपुर मनोरञ्जन दर्शकहरुले लिन पाउने छन् । डिलाईट सांस्कृतिक साँझ कार्यक्रममा प्रबेशका लागि रु १५ सय मा २ जनालाई खाना सहित ब्यबस्था गरेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology