(Saturday 25th of July 2026)
`

फोनिज बर्दियाको अध्यक्षमा जनक र सचिबमा बिवश

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES

    बर्दिया – नेपाल आदिवासी जनजाती पत्रकार महांसघ (फोनिज) बर्दिया शाखाको जिल्ला कमिटीमा जनक चौधरीको नेतृत्वमा ११ सदस्सीय नयाँ नेतृत्व चयन भएको छ । बर्दियाको गुलरियामा भएको फोनिज बर्दियाको तेस्रो जिल्ला अदधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो ।
    फोनिज बर्दियाको उपाध्यक्षमा माया चौधरी, सचिवमा बिवश चौधरी, सह सचिवमा अनुस्का चौधरी, कोषाध्यक्षमा बिक्रम कायस्थ सर्वसम्मत चयन भएका छन् यस्तै सदस्यमा बिबेक चौधरी, शिशिर धम्लहवा, पार्वती चौधरी, सन्तोष चौधरी, महिमा चौधरी र रमेश चौधरी रहनु भएको छ ।
    यसैगरी तेश्रो अधिबेशनबाट केन्द्रिय अधिबेशन माघ र प्रदेश अधिबेशनको लागि प्रतिनिधि छनोट पनि गरिएको छ । केन्द्रिय प्रतिनिधिमा टीकाराम चौधरी, कैलाशमान श्रेष्ठ र मेनका चौधरी छनौट हुनु भएको छ भने प्रदेश प्रतिनिधिमा रामकुमारी चौधरी, दिपकलाल श्रेष्ठ, हुमकुमार चौधरी र रामबहादुर चौधरी छनौट हुनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि फोनिज बाँकेका अध्यक्ष भगतराम थारु रहनु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology