नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले बृहत भेलालाई प्रथामिकता दिएको छ । शनिवार खजुरा गाउँपालिका २ मा बृहत भेलाको आयोजना गरि भेलालाई तिब्रता दिएको हो ।
वडा भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा एकिकृत समाजबादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनारले खजुरामा नेकपा एकिकृत समाजबादी पार्टीको राम्रो पकट रहेको हुनाले खजुरामा नम्बर १ पार्टी बनाएर देखाउने जानकारी गराउनुभयो ।
नेकपा एस खजुरामा मात्रै नभएर बाँके जिल्लामै पहिलो पार्टी भएर उभिने बताउनुभएको छ । नेकपा एस नयाँ पार्टीको रुपमा कसैले नसोच्नुस यो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनले खार्दै तयार गरेको र कम्युनिष्ट आन्दोलनले ल्याएको उपलब्धी रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने एक मात्र पार्टी रहेको उहाँले बताउनुभयो । बृहत भेला कार्यक्रममा प्रदेश सदस्य, जिल्लाका सदस्य, कार्यकर्ताको सहभागिता रहेको थियो ।
