(Saturday 25th of July 2026)
`

थप सुविधा सहित बाँसगढीमा मिना व्युटिपार्लर एण्ड जिएच ट्याटु हाउस

  • सगरमाथा गन्तब्य
  • 7.8K
    SHARES

    आशा परियार – नेपालगन्ज : नयाँ व्यवस्थापनका साथ बर्दियाको बाँसगढीमा मिना व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर र जिएस ट्याटु हाउस संचालनमा आएको छ । थप सुबिधा सहित पार्लर, ट्याटु र जिएच मिडिया प्रालिको सोमवार बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले रिबन काटेर उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनुभएका बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष थारुले बाँसगढी बजारमा पार्लर र ट्याटुको क्षेत्रमा नुमना बन्न सकोस भनेर शुभकामना दिनुभयो । मिना व्युटि पार्लरले उत्पादन गरेको व्युटिशियन आफ्नै निजी पार्लर खोलेर संचालन गरेको हुनाले यो भन्दा अझ व्युटिशियन उत्पादन गरि बर्दिया कै उत्कृष्ट बन्न सफल होस भन्ने उहाँले भनाई राख्नुभयो ।


    छोटो समयमा पार्लरले यति धेरै व्युटिशियन उत्पादन गर्न सफल भएको प्रति उहाँले गर्भ महसुस भएको जानकारी गराउनुभयो । पार्लर जस्तै ट्याटु हाउसले पनि उत्कृष्ट, सफल र नमुना बनेर देखाउनेमा विश्वस्त रहेको उहाँले कुरा उल्लेख गर्नुभयो । उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथि सौन्दर्य कला ब्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सपना कुंवर अतिथि लायन्स क्लब बर्दिया पास्ट प्रिसिडेन्ट माधव कुवर, थारुहट थारुवान राष्ट्रिय मोर्चा युवा शक्तिका केन्द्रिय सदस्य दिपक चौधरी, गिरी आर्टस् बर्दियाका प्रोप्राईटर तथा शिक्षक धन बहादुर गिरी, समाजसेवी गणेश दहित, चर्चित मोडल सुनिता दहित, चर्चित मोडल दिपिका जिएच, श्याम चौधरी, निर्मला चौधरी, जिवन राजी लगायतको सहभागिता रहेको थियो ।


    कार्यक्रमको स्वागत मन्तव्य चर्चित मोडल तथा डाइरेक्टर विवश जिएचले गर्नुभएको थियो । ब्यूटीपार्लर एण्ड टे«निङ सेन्टरको निती नियम पूर्ण रुपले पालना गरेको भन्दै पार्लरलाई भोक प्यास नमानी दिनरात खटिने कर्मचारी रमिता चौधरी र सम्झना चौधरीलाई कदरपत्र सहित सम्मान गरिएको थियो । यस्तै पार्लरले पहिलो चरणका अनूसाशित रुपमा नियम पालना पुर्वक काम गरेको आरती चौधरी र रिमा चौधरी, खिमा चौधरी र शुशिला थापालाई पनि कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो । यस्तै गिरी आर्टस् बर्दियाका प्रोप्राईटर तथा शिक्षक धन बहादुर गिरीलाई विवश जिएचले आर्टमा योगदान पु¥याएको भन्दै कदरपत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो थियो भने कार्यक्रमको सञ्चालन जिवन चौधरीले गर्नभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology