(Saturday 25th of July 2026)
`

प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

  • सगरमाथा गन्तब्य
  • 5.2K
    SHARES

    काठमाडौँ  : अनलाइन व्यवस्थापनका विषयमा शुक्रवार प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ ।
    सोही क्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, प्रेस चौतारी नेपालका माधव तिवारीसहितका पत्रकारहरूले काउन्सिलको यो कदमको स्वागत गर्दै विवादरहित तवरले कार्यान्वयन गर्न सुझाव राखेका थिए ।
    महासंघका कोषाध्यक्ष सेजुवालले सूचना विभाग र काउन्सिलबिच अझ समन्वय गरी अनलाइन दर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।
    अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले मिल्दोजुल्दो नाममा कडाई गर्नु आवश्यक रहेको उल्लेख गर्दै काउन्सिलले समाचारको विषयवस्तुमा समेत गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले हुबहु कपी गर्ने विरुद्ध सक्रियता जनाउनुपर्ने, क्षतिपूर्तिको समेत व्यवस्था भए झन् प्रभावकारी हुने बताउनुभयो ।
    सञ्चार मन्त्रालयका उपसचिव संगिता ओझाले काउन्सिल मिडियाको अविभावक संस्था भएकाले यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै मन्त्रालयले मिडियाको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
    कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र बोर्ड सदस्य लालबाबु शेखले प्राप्त सुझावलाई गम्भीर रूपमा लिइ आवश्यक प्रक्रियामा लैजाने जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology