सपना परियार – नेपालगन्ज : बाँकेमा आर्थिक ३ बर्ष यता १५ सय ३८ घरेलु हिंसाका घटना उजुरी परेका छन् । आर्थिक बर्ष २०७६/२०७७ मा ५ सय १८ उजुरी संख्या जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको छ । यस्तै २०७७/०७८ मा ७ सय ३८ र २०७८/०७९ मा २ सय ८२ उजुरी परेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै ३ आर्थिक वर्षमा २ सय १६ जना बालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले उपलब्ध गराएको त्रिवर्षीय तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष ०७६/७७ देखि चालु आर्थिक वर्षसम्म ७ सय ४८ जना हराएकोका छन् । हराउनेमा बालिका मात्रै २८.८७ प्रतिशत छन् । नेपालगन्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाह हराउने महिलाहरु अधिकांश जोखिममा रहेको बताउनुहुन्छ । ‘प्रहरीमा सुरुमा हराएको जाहेरी दिन्छन् । फेला परेको भनेर खबर गर्दैनन् । कति त भेटिँदैनन’, प्रमुख शाहले भन्नुभयो, ‘हराएका बालिकालाई बेचबिखनको खतरा हुन्छ । कति बालविवाहका कारण घरबाट भाग्छन् । परिवारले हराएको जाहेरी दिन्छन् । कति त सानो उमेरमा नै धेरै कमाउने महत्वाकांक्षा कारण घरबाट भाग्छन् । जसरी हराए पनि सबै जोखिममै हुन्छन् ।’

प्रहरीले आपतकालीन अवस्थामा उद्दार गरेकामध्ये महिला र बालिकाको संख्या धेरै नै छ । तीन आर्थिक वर्षमा एक सय ८१ जनालाई उद्दार गरिएकोमा एक सय नौ जना त महिला र बालिका छन् । जुन कूल उद्दार गरिएका महिलाको ६०.२२ प्रतिशत महिला र बालिकाको रहेको छ । महिलाको संख्या ५९ र बालिकाको संख्या ५० रहेको छ ।
लैङगीक हिंसा विरुद्धको १६ दिने अभियान १० नोभेम्बर २०२१ देखि १० डिसेम्बर २०२१ सम्म चल्ने कार्यक्रमको बारे पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ । १६ दिने महिला हिंसा विरुद्धको अभियानमा व्यानर प्रदर्शनी, सेतो रिबन वितरण, दिप प्रज्वलन, सामाजिक मनोपरामर्श सम्बन्धि द्वन्द्व प्रभावित र कोभिडबाट ज्यान गुमाएका परिवारका एकल महिलाका लागि अन्तरक्रिया, महिलाहरुलाई व्यवसाय संचेतिकरण २ दिने कार्यक्रम, विभिन्न संस्थाले घरदैलो कार्यक्रम, लैङगिक हिंसा सम्बन्धि फोटो प्रदर्शनी, यौनिक तथा लैङगिक अल्पसंख्यक समुदायमाथि हुने भेदभाव विरुद्ध जनचेतनामुलक कार्यक्रम समुदाय स्तरमा, द्वन्द्वको समयमा यौन हिंसामा परेका घटना र न्यायका विषयमा सहभागितात्मकक अन्तरसम्बाद, रेडियो संवाद कार्यक्रम, विद्यालय स्तरिय सचेतना कार्यक्रम, बाँकेमा लैङगिक हिंसाको अवस्था चुनौती, तथ्याङक विश्लेशण एवं भावि कार्ययोजना, सेतो रिवन वितरण तथा अभिमुखिकरण, धम्बोझी स्कूलमा लैंगिक हिंसा विरुद्धको कार्यक्रम, विद्यालयमा अभिमुखिकरण, किशोरी क्लबहरुलाई बाल विवाह र लैंगिक हिंसा सम्बन्धि अभिमुखिकरण कार्यक्रम, लैंगिक हिंसा सम्बन्धि सचेतनामुलक कार्यक्रम, सबै वडाको सहभागिताका तथ्याङ्क संकलन सम्बन्धि ३ दिने तालिम, डिसेम्बर १० मा भव्य ¥याली सहित कोणसभा विपी चोकमा गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

