(Saturday 25th of July 2026)
`

मुस्ताङ कुण्ड गाउँपालिका जनप्रतिनिधि बैजनाथमा

  • सगरमाथा गन्तब्य
  • 16.3K
    SHARES

    बैजनाथ : मुस्ताङ, हिमाली जिल्ला लो घकेर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिहरुले बैजनाथ गाउँपालिकामा आफ्नो कार्यकालमा सम्पन्न गरिएका विकास खास गरी कृषि, पर्यटन प्रवद्र्धन लगाएतका विषयहरुमा अनुभव आदान प्रदान गरेका छन् ।
    मुस्ताङ, हिमाली जिल्ला लो घकेर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साड थोम्पेल (राजु) बिष्ट उपाध्यक्ष ढोका गुरुङ वडा अध्यक्ष कार्यपालिका सदस्य रमुस्ताङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ गुरुङ कर्मचारी लगाएतको टोलीले बैजनाथका जनप्रतिनिधिहरु सँग अनुभव आदान प्रदान गरेको हो ।
    मुस्ताङ, हिमाली जिल्ला लो घकेर दामोदर कुण्ड गाउँपालिकाका मुख्य रुपमा पर्यटन विकासमा केन्द्रित रहेको अध्यक्ष विष्टले अनुभव आदान प्रदान कार्यक्रममा भने उनले विकासका लागि हिमाली जिल्ला मात्र नभएर तराइका जिल्लाहरुमा समेत समस्याहरु देखेको अनुभव सुनाउनुभयो । अध्यक्ष विष्टले संघियता कार्यान्वयन चरणमा जनप्रतिनिधिहरु माथी लाग्ने आरोपहरुका बारेमा समेत आफ्नो जिल्लाको अनुभव सुनाउनुभयो । अनुभव आदान प्रदान कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बैजनाथ गाउँपालिकाले उत्पादनमा केन्द्रित कार्यक्रमहरु चरणवद्ध रुपमा नीति तथा कार्यक्रम मार्फत कार्यान्वयन गरिरहेको बताउनुभयो ।
    उहाँले भौतिक विकासको चरण ९० प्रतिशित कार्य सम्पन्न भएको बताउदै अब उत्पादीत बस्तुहरुको बजारीकरणमा रणनीतिक योजना मार्फत आम किसानका उत्पादीत बस्तुहरु बजार सम्म उचित मुल्यमा बजारीकरण गर्ने योजना कार्यन्वयन गरिरहेका कार्यक्रममा जानकारी गराउनुभयो ।
    कार्यक्रममा मुस्ताङका जनप्रतिनिधिहरुलाई मायाको चिनो समेत आदान प्रदान गरिएको थियो । यसै गरी बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले गाउँपालिकाको भ्रमण गरेकामा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक, वडा अध्यक्ष कार्यपालिका सदस्य योजना शाखा प्रमुख टोटी नेपाली लगाएतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology