(Saturday 25th of July 2026)
`

निर्मला प्रकरण : न्यायका लागि गुहार माग्दै, प्रशासन अगाडी अनिश्चितकाल एक घण्टा धर्ना

  • सगरमाथा गन्तब्य
  • 18.9K
    SHARES

    सपना परियार, नेपालगन्ज : बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आरोपित सबैलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा अनिश्चिकालिन एक घण्टा धर्ना दिने भएका छन् । माग सम्बोधनका लागि बनाईएको छानविन समितीले पेश गरेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न महिला अधिकार मञ्च बाँकेले जोडदार माग गरेको हो । निर्मला कुर्मीलाई न्याय देउ सरकार, के ? राष्ट्रिय छानविन समितिको सिफारिस पनि बेकार भन्दै शनिवार एक घण्टा आन्दोलनरत पक्षले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिएका हुन् । माग पुरा नभएसम्म अनिश्चितकालका लागि धर्ना दिने मानव अधिकारकर्मी रुबी खानले बताउनुभयो ।
    विधुवा महिला कुर्मी हत्यको घटना तथा घरेलु हिंसा पिडित महिला नन्कुनी धोबीको हत्या प्रकरण छानविन समितिको पेश गरेको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न, निर्मला कुर्मीको घटना छिटो भन्दा छिटो शुरुदेखि अनुसन्धान गरि सत्यतथ्य सार्वजनिक गर्न, गृहमन्त्रालयद्धारा पठाईएको छानविन समितिले निर्मला कुर्मीको सम्पत्ति छानविनका लागि दिएको सुझावलाई अबिलम्ब कार्यन्वयन गरि निर्मला कुर्मीको सम्पत्ति प्रकरण सिआईबी सहितको छानविन समिति अविलम्ब गर्न उनिहरुले माग गरेका छन् ।
    आरोपित ७ जना प्रक्राउ गरेका छन् । मुख्य आरोपित मानिने पूर्व सांसद बादशाह कुर्मीलाई भने प्रहरीले सहयोग गरेको भन्दै तत्काल कुर्मीलाई पनि पक्राउ गरि छानविन गर्न माग गरेका छन् ।


    २० दिनको पैदलयात्रा र हप्ता बढीको आमरण अनसनपछि अनुसन्धानको दायरमा आएको बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा आरोपित ७ जना प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । अपहरण गरेर कर्तव्य गरेको आरोपमा किटानी जाहेरीका आधारमा बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी भएका मध्य ७ जना प्रहरीकै सल्लाहमा प्रहरी समक्ष गिरफ्तारी भएका छन् ।
    छानविन समितिले आरोपित सबैलाई पक्राउ गरि छानविन गर्न भनिएपनि प्रहरीले भने मुख्य आरोपी कुर्मीलाई सहयोग गर्दै आएको मानव अधिकारकर्मी खानले बताउनुभयो ।
    मुद्दाको गम्भीरतालाई मध्य नजर गरि सरकारी वकिलको कार्यालयले पुनः पक्राउ आदेश दिने प्रावधान मुलुकी फौजदारी कार्यबिधी सहितामा रहेको खानले उल्लेख गर्नुभयो । विधवा महिलाको अपहरण, शरिर बन्धक गरि कर्तव्य ज्यान गरिएको गम्भीर मुद्दामा समेत मुख्य आरोपितलाई सरकारी वकिल कार्यालयबाट हाजिरी जमानी छोडिनु दुखको कुरा रहेको खानले उल्लेख गर्नुभयो ।
    गत भदौ १० गते अदालत उपस्थित भएका कर्मीलाई सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको थियो । प्रहरी अनुसन्धानमा निर्मला कुर्मीले ७ वर्षअघि अर्जुन कुर्मीसँग विवाह गरेर भारत गएको र भारतमै उनको मृत्यु भएको खुलेको प्रहरीले दाबी गरेपनि अधिकार कर्मी खान सहितको निर्मलाका आफन्तीहरुले नेपालगन्जबाट काठमाडौं सम्म पैदल पुगेर आमरण अनसन बसेपछि गठित छानविन आयोगले घटनाको अनुसन्धान गर्ने सिफारिस गरेपछि सो प्रकरण अनुसन्धानको दायरामा आएको हो ।
    अधिकारकर्मी खान सहितको टोलीले भने निर्मलाको सम्पत्ती हड्पेर पूर्व सांसद बादशाह कुर्मी सहितको समूहले अपहरण गरेको र अपहरणपछि हत्या भएको भन्दै आन्दोलन गरिरहेको छ । निर्मलाको बिबाह नाटकियरुपमा गराईएको र मजदुरी गर्ने व्यक्तिलाई आर्थिक प्रलोभन देखाई जग्गा हडपेपछि भारत पठाइएको मोहम्मद शेर वागवानको भनाई छ । बिबाह गरेको भनिएका अर्जुनले समेत प्रहरी समक्ष आरोपी रमेश थापाको प्लाई उद्योगमा २० दिन बढी बन्धक बनाएर सहीछाप गर्न लगाएको बयान दिएबाट अपहरणको मुद्दा पुष्टी हुने बागवानको भनाई छ । जमिन हडपेर, शरिर बन्धक बनाएर जालझेल गरेको कोही पनि आरोपितलाई कानुनी कारवाही हुन पर्ने बागवानले माग गर्नुभएको छ । पावर र शक्तिको भारमा कसैलाई काखा कसैलाई पाखा बनाउन कानुनले नदिने भएको हुनाले कारवाही अभिलम्ब होस भन्ने उहाँले भनाई राख्नुभयो ।


    निर्मलाका आफन्तले प्रहरीलाई अपहरण पछि हत्या भएको दावी गर्दै किटानी जाहेरी दिएका थिए । निर्मलाको अपहरण गरेर हत्या गरेको किटानी जाहेरी परेको मध्येका रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी, धीरेन्द्र सिंह र कुँवर बबन सिंहले गिरफ्तारी दिएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो । नेपालगञ्जमा मजदुरी गर्न आएका अर्जुनसँग घरजम गरेर बसेकी कुर्मीको भारतमा २०७६ चैतमा मृत्यु भएको अनुसन्धानबाट थाहा भएको प्रहरीको दाबी छ । बाँके प्रहरीले निर्मलाको नाममा रहेको सम्पत्ती हडप्न जोर जबर्जस्ती गरेको, बिभिन्न जाल झेल गरेको देखिएपनि हत्या भएको पुष्टी हुन नसक्ने दाबी गर्दे आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology