(Saturday 25th of July 2026)
`

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा, ३० गते नेपाल बन्द

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    काठमाडौ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।
    सरकारले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसका विरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । सो समूहले विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको छ ।
    घोषित कार्यक्रम अनुसार बिहीवार २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम गर्ने, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जारी वक्तव्यमा उल्लेख गरिएको छ । यस्तै ३० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको विप्लव समूहले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology