नेपालगन्ज : नेपाली कथानक चलचित्र सिल्ली फो बन्ने भएको छ । रुद्राक्ष फिल्मस् प्रालिको व्यानरमा निर्माण सिल्ली फो निर्माण हुने लागेको हो । रुद्र खनालको प्रस्तुतीमा सिल्ली फो निर्माण हुन लागेको फिल्ममा लेखक तथा निर्देशक राज बहादुर सानेको रहेको छ ।
मनोज डिके निर्माता रहेको फिल्ममा सह–निर्माता विशाल श्रेष्ठ र सागर विष्टको रहेको छ । द्वन्द्व निर्देशक देव महर्जनको रहेको छ । कलाकारमा केकी अधिकारी, रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, दिपक थापा, अनिता श्रेष्ठ, पुर्ण चन्द्र पोखरेल (मामा), अनिता लामिछाने, भुगोल कार्की, रमेश बजगाई, सरस्वती राजाजाली मगर, सागर विष्ट, सौजन बोहरा, गोपाल विक, रुद्रजनी आचार्य, राजकुमार सापकोटा, छत्रेश्वर प्रसाद शर्मा, विशाल बराल, अनिता गिरी रहेका छन् ।
यस्तै क्यामरामा दिव्यराज सुवेदी रहनुभएको छ भने मेकअपमा रबि केसीले साथ दिनुभएको छ । संगितकार पुरुषेत्तम न्यौपानेको रहेको छ भने कोरियोग्राफरमा रामजी लामिछाने, शिव बिक, सह निर्देशकमा केशब बरालले साथ दिनुभएको सिल्ली फो फिल्ममा नियन्त्रक सुनिल सिग्देलको रहनु भएको छ । सिल्ली फो मंसिर महिनाबाट छायाङकन हुने सुटिङ युनिटले जनाएको छ ।
