(Saturday 25th of July 2026)
`

बाँकेमा थपिए ७ जना कोरोनाका विरामी

  • सगरमाथा गन्तब्य
  • 14.4K
    SHARES

    नेपालगन्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ७१ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३० नमूना परिक्षण गर्दा २ जना, नेपालगञ्ज मेडिकल कलेजमा ३४ नमूना परिक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा ७ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
    तीमध्ये बाँके जिल्लाका ३ जना छन् । २ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार ५७२ नमुना परीक्षण गर्दा १८ हजार ४ सय २१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ६ जना डिस्चार्ज भएका छन् । १ जना महिला र ५ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १८ हजार ६२ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ४ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा २ जना रहेका छन् भने १२ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology