(Saturday 25th of July 2026)
`

नेपालगन्ज बजारमा तिहारको चहलपहल बढ्यो (फोटो फिचर सहित)

  • सगरमाथा गन्तब्य
  • 15K
    SHARES

    सपना परियार, नेपालगन्ज : हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढेको छ । बाँकेको नेपालगन्ज भन्सार नाका हुँदै भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली नागरिक चहपहल उत्तिकै बढेको छ । नेपालगन्जसंगै जोडिएको भारतको रुपैडिहा बजारमा नेपाली नागरिकले भरिभराउ देखिन्छ । तिहार नजिकिएपछि नेपाली नागरिक प्राय भारतिय बजार रुपैडिहामा किनमेलका लागि जाने गर्दछन् ।


    रुपैडिहा बजारमा दैनिक हजारौंको संख्यामा नेपाली नागरिक बजार किनमेलका लागि जाने गरेको जमुनाहा प्रहरी चौकीले जनाएको छ । यस्तै तिहारले नेपालगन्ज बजारमा पनि चहलपहल बढेको छ । अहिले साँझको बेला बजार झिलिमिली हुन्छ । दिनभरी बजार खेल्ने र रमाउन आउनेको घुईचो हुन्छ नेपालगन्जका एक व्यवसायीले भन्नुभयो । बजारमा चहलपहल बढेपछि व्यापार व्यवसाय फस्टाउदै गएको उहाँले बताउनुभयो । नेपालगन्जको त्रिभुवन चोक, न्युरोड, विपि चोक, धम्बोझी चोक, सदरलाइन चोक, त्रिबेणी मोडलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ ।


    तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीका, माला, फलफुल, लगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् । तिहारको लागि चाहिँने घर सजावटका फुलहरु, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीका लगायतका सामाग्री किन्नेको घुइँचोले बजार नै रमाइलो देखिएको छ । बजारका व्यवसायीहरुले अरु सामानहरु भन्दा तिहारको लागि आवश्यक पर्ने सामानको व्यापार बढी भएको बताउँछन् । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार मंगलबारदेखि सुरु भएको छ । काग र कुकुर तिहार बुधबार (आज) परेको छ भने भाइटीका कात्तिक २० गते शनिबार परेको छ । तिहारमा हुने जुवातास र भारतीय बजारबाट भित्राउने पटाकामा बाँके प्रहरी जुझारु तरिकाले लागेको छ । मंगलवारमात्र करिव २ लाख बराबरको पटाका बरामद गरि जिल्ला प्रहरी कार्यालय बाँकेले नष्ट गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology