नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ९९ औं शाखा कार्यालय बर्दियाको भुरिगाउँमा संचालनमा आएको छ । बैंकको १७ औं बार्षिक उत्सबको अवसरमा बिहीवार बर्दियाको भुरिगाउँमा ९९ औं शाखा उद्घाटन गरिएको हो ।
बैंकले बार्षिक उत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले निशुल्क स्वास्थ्य शिविर, स्कूल तथा क्याम्पसमा वित्तिय साक्षर कार्यक्रम लगायत विभिन्न कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाउदै गर्रेको बैंकका नेपालगन्ज शाखाका क्षेत्रिय प्रमुख जयन्द्र खड्काले जानकारी गराउनुभयो । बैंकले शनिवार १७ औं बार्षिकोत्सवको अबसर पारेर सुर्खेतको एरिचोकमा १०० औं शाखाको सेवा शूभारम्भ गरिने समेत खड्काले जानकारी गराउनुभयो । सोही अवसरमा बैंकले आफ्ना कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम समेत राखेको उहाँले जानकारी गराउनुभयो ।

