नेपालगन्ज : सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो वार्षिक उत्सवको अवसरमा सोमवार बर्दियाको राजापुरमा निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । बैंकको स्थापना दिवसको अवसरमा १७ वर्ष पूरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा सोमवार बर्दियाको राजापुरमा निःशूल्क स्वास्थ्य शिविर संचालन गरि २०० जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्त्री रोग विशेषज्ञ डा शाफिया समिम शेष, डा. बिनित अधिकारी मेडिकल अफिसर, डा स्वयता साह, डा.नउमिद्दिन अन्सारीलगायतको टिम शिविरमा खटिएको सांग्रीला डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख जयन्द्र खड्काले जानकारी दिनुभयो । बैंकको शाखाको रुपमा केही दिनभित्र संचालनमा ल्याउन लागेको राजापुर शाखाले १ हजार खाता खोली सकेको बैंकका कर्मचारीले जानकारी गराएका छन् ।
वार्षिकउत्सवका अवसरमा साता व्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै उहाँले १० गते नेपालगन्जमा वृह्त रक्तदान कार्यक्रमको आयोजना गरिएको खड्काले बताउनुभयो । बार्षिक उत्सवको अवसरमा ९ गते बाँके र बर्दियाका ६ विद्यालयका विद्यार्थीलाई वित्तिय साक्षरता सम्वन्धि कार्यक्रमको आयोजना गरिएको छ ।

