मो.मोहसिन हल्वाई (समिर) – नेपालगन्ज : आ ब ०७८÷०७९ को बजेटमा ५०३ वटा बुंदा प्रस्तुत भएकोमा ५७ औ बुंदामा इजाजत तथा नविकरण दस्तुर छुट दिई टेलरिङ्ग ब्यवसाय स्वत ः नविकरण हुने ब्यवस्था गरिए अनुसार सम्पूर्ण टेलरिङ्ग ब्यवसायी महिला दिदिबहिनी दाजुभाइहरुलाई जानकारी गराइएको छ । सम्पूर्ण ब्यवसायी कपडा तथा सिलाइ क्षेत्रलाई उल्लेख गरेर (न्यून) आंशिक रुपमा भएपनि सरकारले सिलाई तथा कपडा ब्यवासयीहरुको माग सम्बोधन गरेको बिषय प्रति नेपाल सरकारलाई महासंघका अध्यक्ष राम कृष्णले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।
कोभिड १९ बाट अत्यन्तै प्रभावित भइ नाजुक अवस्थाबाट गुज्रिएको टेलरिङ्ग ब्यवसायीहरुको ब्यवसायलाई पुरानै अवस्थामा ल्याउन सरकारद्वारा पुर्नकर्जा, सहुलियत कर्जा महिला उद्यमी कर्जा , उद्यमी ब्यवसायी राहत कार्यक्रम लगायत अन्य बिशेष कार्यक्रमको लागि छुट्याइएको बजेट तथा कार्यक्रमबाट समानुपातिक र आवश्यकताको आधारमा कपडा तथा सिलाइ ब्यवसाय क्षेत्रले प्राप्त गर्न पाउनु पर्ने महासंघको माग तथा धारणा रहेकोे महासंघको अध्यक्ष रामकृष्णले जानकारी दिनुभयो ।
