(Saturday 25th of July 2026)
`

असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न पाइने

  • सगरमाथा गन्तब्य
  • 14.5K
    SHARES

    काठमाडौं । असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न पाइने बैंकले जनाएको छ । नेपाल राष्ट्रले बैंकले दशैं तिहारका लागि नयाँ नोट साट्न एक्सचेन्ज काउन्टर तोकेर सटही काउन्टर टोकेको हो । काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुमा रहेका बैंकबाट आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही गर्न पाइने बैंकले जनाएको छ ।
    बुधबार एक सूचनामार्फत् काठमाडौंमा राष्ट्र बैंकबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरूबाट र उपत्यका बाहिर (मोफसल) मा सातवटै प्रदेशस्थित बैंकको आफ्नै प्रादेशिक कार्यालयहरु र वाणिज्य बैंकहरुले तोकेको शाखाहरूबाट समेत नोट साट्न पाइने भनिएको छ । कोरोना जाखिमलाई मध्यनजर गर्दै यस वर्षको दशैं तिहारमा सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको पनि बैंकले जनाएको छ । यस बर्ष दशैमा नयाँ नोटका लागि सर्वसाधारणलाई दुख नपाईने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology