नेपालगन्ज १८ असार – जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित उच्च अदालत तुल्सिपुर नेपालगंज ईजलासले २०७६ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ४ बर्ष ७ महिना ७ दिन कैद सजाय तोकिई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ बस्ने आकाश थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलिले शुक्रवार पक्राउ गरेको थियो । प्रतिवादी थारु लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरीले जनाएको छ ।
