(Saturday 25th of July 2026)
`

अनलाइन पत्रकार संघले बाँड्यो पत्रकारलाई मास्क

  • सगरमाथा गन्तब्य
  • 14.8K
    SHARES

    नेपालगन्ज २३ बैशाख – अनलाइन पत्रकार संघ बाँकेले पत्रकारहरुलाई मास्क वितरण गरेको छ । बाँकेमा कोरोना भाइरस दिन प्रतिदिन बढ्दै गएको हुनाले फन्टलाइनमा काम गर्ने पत्रकारलाई अनलाइन पत्रकार संघले मास्क वितरण गरेको हो । बाँकेमा ५ देखि १४ जनाको दैनिक कोरोनाका कारण मृत्यु हुने गरेको छ, भने दैनिक २ सयदेखि माथि कोरोना संक्रमण पोजेटिभका विरामी थपिदै गएका छन् । कोरोनाको महामारीमा जोखिम मोलेर काम गर्ने पत्रकारलाई अनलाइन पत्रकार संघले एकजनालाई सय पिसका दरले मास्क वितरण गरेको संघका अध्यक्ष कमल न्यौपानले जानकारी गराउनुभयो ।


    फन्टलाईनमा रहेर काम गर्ने पत्रकारका लागि हामीले प्याकेज बनाएका छौं जस्तो सुकै अप्थ्यारो आएपनि हामीले साथ दिने उहाँले जानकारी गराउनुभयो । कुनै पनि पत्रकारलाई स्वास्थ्य मापदण्ड अपनाएर रिपोटिङ गर्न उहाँले आग्रह समेत गर्नुभयो । सबैभन्दा पहिले ज्यान जोगाउ त्यसपछि रिपोटिङ गरौं, मास्क वितरण कार्यक्रममा उहाँले भन्नुभयो । पत्रकारलाई आपत परेको बेला अनलाइन पत्रकार संघ सदैब जस्तो सुकै बाधा अडचनमा पनि काम गर्न र साथ सहयोग गर्न तत्पर रहेको अनलाइन पत्रकार संघ बाँकेका सचिव रामु ओलीले जानकारी गराउनुभयो । अनलाइन पत्रकार संघ बाँकेले पत्रकारको लागि पिसिआर परिक्षणको व्यवस्थाका साथै पत्रकारका लागि आइसोलेशन बनाउन भवनको खोजीमा रहेको संघका अध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology