(Saturday 25th of July 2026)
`

सशस्त्र प्रहरीद्वारा अबैध कुखुरा बरामद

  • सगरमाथा गन्तब्य
  • 10.4K
    SHARES

    नेपालगन्ज १२ फागुन – सशस्त्र प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट धेरैको संख्यामा मोटरसाइकल, तस्करहरुसहित ठुलो परिमाणमा खुकुरा बरामद गरेको छ । सशस्त्र प्रहरीको खडैचा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीको कमान्डमा गएको टोलीले बुधवार बिहान ३ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको छ ।
    सशस्त्र प्रहरी निरीक्षक केसीको कमान्डले खुकुरासहित ७ वटा मोटरसाइकल र ७ जना तस्करहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।बरामद गरिएको सबै अवैध सामाग्रीको मूल्य साढे ४ लाख बढीको रहेको सशस्त्र प्रहरीले जनाएको छ । बुधवार बिहान बरामद गरिएका अवैध खुकुरा, मोटरसाइकलसहित सातै जना तस्करहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार बुझाइएको सशस्त्र प्रहरीले बताएको छ । सशस्त्र प्रहरी निरीक्षक केसीलाई बिशेष सूचना आए पश्चात् रातभरको कडा अपरेशनले तस्करहरुसहितलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीको खडैचा बिओपीले आफ्नो मातहतको ईलाकामा तस्करीविरुद्ध बिशेष निगरानी गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology