(Saturday 25th of July 2026)
`

खानेपानी मन्त्री थापासँगै मेलम्चीमा पानी भर्न पुगे शेरबहादुर तामाङ

  • सगरमाथा गन्तब्य
  • 10.5K
    SHARES

    काठमाडौं, १० फागुन । ८ गते शनिबार नेकपा प्रचण्ड(नेपालबाट अलग्गिएर पुनः नेकपा ओली समूहमै फर्किएका प्रतिनिधिसभा सदस्य एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ खानेपानी मन्त्रीसँगै मेलम्ची खानेपानीको सुरुङमा पानी भर्न पुगेका छन् ।प्रचण्ड(नेपाल समूहमा ठाउँ नदिइएपछि २ दिनअघि पुनः ओली समूहमै फर्किएका उनी सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापा, खेलकूद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसँगै मेलम्ची खाने पानीको साढे २६ किलोमिटर सुरुङमा पानी भर्न पुगेका हुन् । सुरुङमा पानी भरिएसँगै परीक्षण सुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानसमितिले काम पूरा गरेसँगै सोमबार पानी हालेर परीक्षण गरिएको हो ।

    ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड(नेपाल समूहमा लागेर त्यसवरुद्ध श्रीमती तथा प्रदेश नम्बर १ की सांसद उषाकला राई पनि उत्रिएका थिए । तर, प्रचण्ड–नेपाल समूहमा आफूहरुलाई स्पेश नदिइएपछि पुनः एमालेहरु एकजुट हुनुपर्ने मागसहित शनिबार पूरानै गुटमा दम्पत्तिद्वय फर्किएक थिए । यसअघि देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने उनले माग राख्दै आएका थिए । तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । सांसद तामाङ नेपालमा गाँजा खेतीलाई कानुनी मान्यता दिएर देशलाई समृद्ध बनाउन लागिपरेका छन् भने श्रीमती उषाकलाई राई कोदोको लोक रक्सिलाई ब्यान्ड होइन ब्राण्ड बनाउन लागि परेकी छन् ।  न्युज २४ बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology