(Saturday 25th of July 2026)
`

विदुशा प्रथम एकल नृत्य प्रतियोगिताको उपाधी तामाङलाई

  • सगरमाथा गन्तब्य
  • 14.4K
    SHARES

    नेपालगन्ज ०८ फागुन – “विदुशा प्रथम एकल नृत्य प्रतियोगिता २०७७” को उपाधी सुबिन तामाङले हात पार्नुभएको छ ।
    विदुशा डान्स स्टुडियो नेपालगन्जको आयोजनामा भएको प्रतियोगिताको फाईनल राउन्डमा प्रथम स्थान सुबिन तामाङले हात पार्न सफल हुनुभएको हो । तामाङलाई रु ५० हजार नगद सहित ट्रफीले पुरस्कृत गरिएको छ ।
    त्यस्तै दोश्रो स्थनमा सरिता फुयालले हासिल गरेकी छन । उनलाई रु ३० हजार धनराशि सहित ट्रफीले पुरस्कृत गरिएको छ । तेस्रो स्थानमा नम्रता पुन मगरले हासिल गरेकी छन । उनलाई नगद रु १० हजार धनराशि सहित ट्रफीले पुरस्कृत गरिएको हो ।
    चौथो स्थानमा झरना सुनारले हासिल गरेकी छन । उनलाई पनि रु ५ हजार धनराशि सहित ट्रफीले पुरस्कृत गरिएको कार्यक्रम संयोजक तथा वरिष्ठ नृत्य निर्देशक के बि शाहीले जानकारी दिनुभयो ।
    फाईनल राउन्डमा राम्रो नृत्य गरेका मध्ये अन्डर १४ लाई पनि सम्मानित गरिएको थियो । प्रतियोगितामा बेस्ट आदरमा प्रकाश आचार्यलाई सम्मानित गरिएको नृत्य निर्देशक भरत शाहीले बताउनुभयो ।


    के एल दुगड ग्रुपको मुख्य प्रायोजन तथा शदाब एण्ड कम्पनी सुर्खेत रोड नेपालगन्ज, निम्बल कलेज नेपालगन्जको सह प्रायोजन, सिल्क फेसन बुटिन, इनोभेटिभ युनिफर्म, वाटर पार्क ई मि बोर्डिङ स्कुल, लाईफ फिजिकल ट्रेनिङ सेन्टर, निसान डटसन, किसान फिड मिल प्रा नि लगायतको प्रायोजनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता सिएसटी होटेल नेपालगन्जको हलमा भएको थियो ।
    उक्त प्रतियोगितामा निर्णायक तर्फ भरत महतो, निशा शाही, सन्दिप चौधरी रहनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा पुर्व मन्त्री इस्तियाक राई, के एल दुगड ग्रुपका प्रतिनिधी बल राम राठोर लगायत प्रतिस्पर्धाहरुका अभिभावक लगायतको उपस्थििति रहेको थियो । कार्यक्रम नेपालगन्जका पत्रकार करुणा शाहले संचालन गर्नुभएको थियो । प्रतियोगिताको फाइनल राउण्डमा ३० जना प्रतिस्प्रधिले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology