(Saturday 25th of July 2026)
`

नरैनापुरको नाकाबाट हरिणको उद्धार

  • सगरमाथा गन्तब्य
  • 14.9K
    SHARES

    नरैनापुर १८ माघ ः बाँकेको नरैनापुर गाउँपालिकामा एक माउ हरिणको उद्धार गरिएको छ । आइतवार नरैनापुर गाउँपालिका वडा नं ५ जमुनाहामा कुकुरले लखेट्दै गरेको माउ हरिणलाई स्थानीयले उद्धार गरेका हुन् ।
    आइतवार बिहान ८ बजे हरिणलाई कुकुरले लखेटेको अवस्थामा स्थानीयले देखेका थिए । स्थानियले देखेपछि स्थानिय प्रशासन र प्रहरीलाई खबर गरेका थिए । उद्धारपछि सशस्त्र प्रहरी बल नरैनापुरको टोली पुगी गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाहको उपस्थितिमा मुचुल्का गरी स्थानीय सामुदायिक वनमा छाडिएको स्थानिय एक नागरिकले भन्नुभयो ।
    गाउँपालिका अध्यक्ष शाह, इलाका वन कार्यालय वन रक्षक सुरज प्रसाद ठाकुर र राजेश श्रीवास्तवको रोहवरमा स्थानीय गाजी सामुदायिक वनमा आइतवार दिउँसो हरिणलाई छाडिएको सशस्त्र प्रहरी नायब निरीक्षक हर्कबहादुर थापाले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology