(Saturday 25th of July 2026)
`

नरैनापुरमा अनलाइन व्यक्तिगत घटना दर्तामा तिब्रता

  • सगरमाथा गन्तब्य
  • 10.6K
    SHARES

    बाँके, ५ माघ । नरैनापुर गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता कार्यलाई तिब्रता दिएको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न पौष १७ गते देखि वडा नम्बर ४ वाट शुरुवात गरेको कार्यलाई निरन्तरता दिँदै आज १ नम्बर वडामा पनि अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरिएको छ ।
    सोमवार नरैनापुर गाउँपालिका(१ को राम किशोर बडहीको छोरी सनुपा बडही तथा राम पाल बारीको छोरी निशु कुमारी बारी सहित ३ जनाको जन्म दर्ता गरेर अनलाइन व्यक्तिगत घटना दर्ता गरिएको वडा नम्बर १ का सचिव तथा गाउँपालिकाका सुचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताउनुभयो ।
    अनलाइन व्यक्तिगत घटना दर्ताले गर्दा काम छिटो छरितो हुने, अभिलेखीकरणमा सहजता आउने, च्यातिने हराउने जतिबेला बाट नष्ट हुने सम्भावना कम रहने तथा माथिल्लो निकायले पनि खोजेको बेला सजिलै हेर्न सकिने भएको हुनाले यो प्रक्रिया अति प्रभावकारी रहेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताउनुभयो ।
    १ नम्बर वडामा गरिएको अनलाईन घटना दर्ताहरुको प्रमाण पत्र स्थानीय पंजिकाधिकारी एवम वडा सचिव लक्ष्मीकान्त मिश्राको हस्ताक्षरबाट जारी गरिएको थियो भने कार्यक्रममा गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही ,वडा अध्यक्ष मोल्हे बेहना शेष,वडा सचिव लक्ष्मीकान्त मिश्र,पंजिकरण शाखा का जयप्रकाश पाठक ,गोबिन्द गोडिया ,हंशराज विश्वकर्मा ,सुजित कुमार तिवारी ,वडा सदस्य जकि खां सहायक कम्युटर आपरेटर आरिफ खां लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology