नेपालगन्ज २२ पुष – नेपालगन्ज, बाँकेमा तीन वर्षमा करीब आठ सय महिला तथा बालबालिका हराएका छन् । आर्थिक बर्ष २०७५र०७६ देखि ०७७ पुस तेस्रो सतासम्म आठ सय आठ जना महिला बालबालिका तथा जेष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निबेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकाहरु मध्य ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन । केन्द्रको तथ्याँकमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत जेष्ठ नागरिक रहेको उल्लेख छ ।
केन्द्रकी प्रहरी सहायक निरिक्षक श्यामकुमारी पाईजा मगरका अनुसार आर्थिक वर्ष २०७५र०७६ देखि हालसम्म ४ सय ८१ महिला, २ सय २० बालिका, ९९ बालक र ८ जना जेष्ठ नागरिक हराएर आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दिएका छन । जसमध्ये ६ सय ८२ जना फेला परे पनि एक सय २६ जना अझैसम्म फेला परेका छैनन् । यो कुल हराएका व्यक्तिको १६ प्रतिशत हो । केन्द्रका अनुसार आव २०७५र०७६ मा ३ सय ७०, २०७६र०७७ मा ३ सय ११ र २०७७र०७८ मा १ सय २७ जना महिला, बालबालिका तथा जेष्ठ नागरिक हराएको निवेदन आएको छ । ति मध्य आ.व २०७५र०७६ मा तीनजना, २०७६ र ०७७ मा ३१ जना र २०७७र०७८ मा ९२ जना हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिक फेला परेको सहायक निरिक्षक मगरको भनाई छ ।
हराएकाहरुका आफन्त तथा अभिभावकले दिएको निवेदन अनुसार बाँकेमा आर्थिक बर्ष २०७७र०७८ मा १ सय २७ जना हराएका छन । चालु आर्थिक बर्षको पुस तेस्रो साता सम्म हराउनेमा ८० जना महिला छन् भने ४६ जना बालबालिका र एक जना जेष्ठ नागरिक रहेका छन । तीमध्येरु ९२ जना भेटिएकोरु प्रहरीले जनाएको छ । हराएका मध्य अधिकांस महिला तथा बालबालिका बेरुचविखनमा परेको हुनसक्ने बताईएको छ । (मेरोखुशीबाट)
