(Saturday 25th of July 2026)
`

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप

  • सगरमाथा गन्तब्य
  • 1.8K
    SHARES

    नेपालगन्ज : बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता २०८३ हुने भएको छ । २० वर्ष उमेर सम्मको खेलाडी खेलमा सहभागी हुन पाउने गरी अशोक स्मृति कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । श्री दि फेमस महिन्द्र दल गण भूपू र न्यू डाँफे स्पोट्र्स क्लबको संयुक्त आयोजनामा खजुरा डि गाउँ स्थित मिनी रंगशालामाको वैशाख २७ गते देखि सञ्चालन गरिने आयोजक दि फेमस महिन्द्र दल गण भूपू अध्यक्ष कृष्ण लाल गिरीले जानकारी दिनुभयो । जिल्ला र पालिकामा दर्ता भएका १२ टिमको प्रतियोगितामा सहभागिता रहने न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालराम खत्रीले जानकारी दिनुभयो । नेपाली सेनामा कार्यरत रहेका अशोक बिक फुटबल खेलाडी समेत हुनुहुन्थ्यो । खेलाडी विकको स्मृतिमा हुन लागिरहेको फुटबल प्रतियोगितामा विजेता हुने टिमले नगद ५१ हजार ट्रफी र मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेता टिमले नगद ३१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने महिन्द्र दल गण भूपूका कोषाध्यक्ष बलबहादुर खड्काले बताउनुभयो । खेल नकआउट प्रक्रियामा सञ्चालन गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

    प्रतियोगिताको प्रथम राशि मुख्य आयोजक महिन्द्र दल गण भूपुले र दोस्रो पुरस्कार राशि स्वर्गीय अशोकका भाइ तथा न्यु डाफे स्पोट्र्स क्लबका पूर्व अध्यक्ष हरिप्रकाश विकले बेहोर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । प्रतियोगितामा विधागत पुरस्कारहरू समेत प्रदान गरिने विकले जानकारी दिनुभयो ।  प्रतियोगितामा अल राउन्ड वेस्ट खेलाडीलाई हिरोको साइकल प्रदान गरिने छ । यस्तै अन्य विधागत उत्कृष्ट खेलाडीलाई नगद २५०० का दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा हरेक दिनको उत्कृष्ट खेलाडीलाई १ हजार नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा भूपू समितिका पदाधिकारी, न्यू डाँफे स्पोट्र्स क्लबका पूर्व अध्यक्ष लोक बहादुर खत्री, नि वर्तमान अध्यक्ष तिलकबिर सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology