(Saturday 25th of July 2026)
`

कर्णेराजा मन्दिर परिसरमा भव्य मेला तथा सांस्कृतिक महोत्सव हुने

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    बाँके : राती सोनारी गाउँपालिका–५ स्थित कर्णेराजा मन्दिर परिसरमा यस वर्ष “कर्णेराजा मेला तथा सांस्कृतिक महोत्सव–२०८२” भव्य रूपमा आयोजना हुने भएको छ । स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त महोत्सव चैत ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ ।
    महोत्सव अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रम, धार्मिक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू हुने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ । विशेषगरी थारु समुदायको मौलिक कला, नृत्य र परम्परागत भेषभूषालाई प्राथमिकता दिइने बताइएको छ ।
    महोत्सवमा चर्चित थारु गायक तथा कलाकारहरूको सहभागिता रहनेछ भने हिन्दी तथा भोजपुरी गीत–नृत्य पनि प्रस्तुत गरिनेछ । यसले स्थानीय दर्शकसँगै बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने विश्वास लिइएको छ ।
    मेला अवधिमा विभिन्न व्यापारिक स्टलहरू पनि राखिने छन्, जसले स्थानीय उद्यमीलाई व्यवसाय प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नेछ । स्टल बुकिङ तथा अन्य जानकारीका लागि आयोजक समितिले सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।
    मेला संयोजकका अनुसार, यस महोत्सवले क्षेत्रको पर्यटन विकासमा टेवा पु¥याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दा तथा दर्शकहरूलाई मेला अवलोकन गरी कार्यक्रमलाई सफल बनाउन आयोजकले आग्रह गरेको छ । ५ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology