(Saturday 25th of July 2026)
`

नेपालगञ्ज मेयर कप महिला क्रिकेटमा नेपालगञ्ज मोडेल एकेडेमीको विजयी सुरुवात

  • सगरमाथा गन्तब्य
  • 3.3K
    SHARES

    नेपालगञ्ज–नेपालगञ्जमा जारी “मेयर कप महिला क्रिकेट प्रतियोगिता” अन्तर्गत भएको अत्यन्तै रोमाञ्चक खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले होल्याण्ड हाइस्कुलमाथि ३ रनको सानदार जित निकाल्दै प्रतियोगितामा आफ्नो मजबुत उपस्थिति जनाएको छ। अन्तिम ओभरसम्म उतारचढावपूर्ण बनेको खेलले दर्शकलाई भरपुर रोमाञ्च दिएको थियो।
    रुटस जितेर पहिले ब्याटिङ गरेको मोडेल एकेडेमीले निर्धारित १८ ओभरमा ६ विकेट गुमाउँदै १४४ रनको प्रतिस्पर्धात्मक लक्ष्य खडा ग¥यो। टोलीका लागि कृष्ना चन्दले २७ रन बनाउँदै इनिङ्सको मेरुदण्ड सम्हालिन् भने आरती बिष्ट र अरुसी भट्टराईले समान १२÷१२ रनको योगदान दिँदै मध्यमक्रमलाई बलियो बनाएका थिए । अतिरिक्तबाट आएको ५४ रनले टोलीको स्कोरलाई अझ मजबुत बनाएको थियो, जुन अन्ततः निर्णायक सावित भयो ।
    १४५ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको होल्याण्ड हाइस्कुलले सुरुआतदेखि नै दबाब महसुस ग¥यो। नियमित अन्तरालमा विकेट गुमाउँदा टोली लयमा आउन सकेन । यद्यपि रञ्जु श्रेष्ठले ५१ रनको शानदार अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई जिततर्फ डो¥याउने प्रयास गरिन् । तर अन्य खेलाडीबाट अपेक्षित साथ नपाउँदा टोली १८ ओभरमा ९ विकेट गुमाउँदै १३० रनमै सीमित हुन पुग्यो ।
    बलिङतर्फ मोडेल एकेडेमीकी कृष्ना चन्दले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै महत्वपूर्ण ३ विकेट लिइन्। उनले दबाबको अवस्थामा विकेट झार्दै खेलको मोड परिवर्तन गरिन् र टोलीको जितमा निर्णायक भूमिका खेलिन्। उनको उत्कृष्ट प्रदर्शनकै आधारमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology