(Saturday 25th of July 2026)
`

महिला राजनीतिमा आउनु पर्नेमा जोड

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    फागुन ५ जानकी गाउपालीका –  महिला घरको चुलोेचौको सगै राजनीतिमा आउनु पर्ने एक कार्यक्रममा जोड दिइएको छ । आफुलाइ मन पर्ने नेता, देश गाउँठाउँको विकास गर्ने नेता छानेर भोट खसाल्न पाउने महिलाको अधिकार रहेको भन्दै बाँके क्षेत्र नं.३ बिकास प्रेमी नेता सुमन मल्ललाइ विजय गराउनको निम्ति नेकपा एमाले पुर्व केन्द्रिय सदस्य एवं केन्द्रिय सल्लाहकार मा.दिपा शर्माले जोड दिइन । असल व्यक्ति चुन्न नसक्दा पछि पछुताउनु पर्ने अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले बताइन । प्रमुख अथिति समेत रहेकी पोखरेलले महिला स्वयंले आफ्नो अधिकार प्रयोग गरी बृद्धबद्धालाइ भत्ता दिने र देशको विकास गर्ने राजनीति पार्र्र्टी छानेर भोट खसाल्न सुझाव दिइन । साथै महिलाहरु संगठीत भएर राजनीतिमा आउनु पर्ने बताउदै देशप्रमी र विकास प्रेमी नेता सुमन मल्ललाइ जिताउन पनि उनले आग्रह गरीन । अनेमसंघ केन्द्रिय सदस्य सरस्वती मल्लले सुर्य चिन्हमा भोट हालेर क्षेत्र नं. ३का उम्मेदवारलाइ विजय गराउन आग्रह गरीन ।

    अखिल नेपाल महिला संघ जानकी गाउँपालिका कमिटिद्धारा आयोजना गरीएको निर्वाचन परिचलन कमिटि घोषणा कार्यक्रममा अखिल नेपाल महिला संघ जानकी गाउँपालिकाका अध्यक्ष गगा भण्डारीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य भुमिसरा धिताल,अनेमसंघ लुम्बिनी प्रदेश सदस्य लक्ष्मी हमाल,अनेमसंघ जिल्ला कमिटि उपसचिव ज्ञानु स्वर्णकार,कौशीला कठायत नेकपा एमाले जानकी गाउँपालिका अध्यक्ष दोर्ण थापा लगायत ३ दर्जन महिलाहरुको सहभागीता रहेको थियो । चुनाब भनेको नेता चुन्न पाउने अधिकार हो फागुन २१मा हुने चुनाबमा देश बनाउने र देशको विकास गर्ने नेता छानेर भोट खसाल्नु पर्ने सहभागीको भनाइ रहेको थियो । अखिल नेपाल महिला संघ जानकी गाउँपालिकाद्धारा पालिका स्तरीय निर्वाचन परिचालन कमिटि कार्यक्रममा क्षेत्र नं.३मा १देखि ६सम्म ५जनाको दरले ३०जना महिलाको निर्वाचन परिचालन कमिटि गठन गरीएको अनेमसंघ जानकी गाउँपालिकाका अध्यक्ष गगा भण्डारीले जानकारी गराइन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology