(Saturday 25th of July 2026)
`

ई–ड्राइभ नेपालको सेवा नेपालगन्जमा शुभारम्भ

  • सगरमाथा गन्तब्य
  • 4.1K
    SHARES

    नेपालगञ्ज, — लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा ई–ड्राइभ नेपालले नेपालगन्जबाट पनि औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ । शनिबार आयोजित उद्घाटन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले रिबन काटेर सेवाको उद्घाटन गर्नुभएको हो ।
    १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई–ड्राइभ नेपाल सेवा अब बाँके जिल्लाको प्रमुख सहर नेपालगन्जमा विस्तार गरिएको हो । हाल रुपन्देहीमा ११० वटा ट्याक्सी तथा ५०० भन्दा बढी मोटरसाइकल राइडरमार्फत सेवा दिइरहेको ई–ड्राइभ नेपालले नेपालगन्जमा प्रारम्भिक चरणमा १५ वटा ईभी (विद्युतीय) ट्याक्सी मार्फत सेवा सुरु गरेको जनाएको छ ।
    सेवा शुभारम्भ कार्यक्रममा बोल्दै ई–ड्राइभ नेपाल लुम्बिनीका निर्देशक विजय भण्डारी (बासु) ले समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो ।


    त्यसैगरी कार्यक्रममा बोल्दै ई–ड्राइभ नेपालका अध्यक्ष राजकुमार गुप्ताले युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ १८ महिना अघि रुपन्देहीबाट ई–ड्राइभ नेपाल सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा यो सेवा देशभर विस्तार गर्ने योजना रहेको पनि उल्लेख गर्नुभयो ।
    हाल इ–ड्राईभ नेपाल लुम्बिनी करिब ७ करोड रुपैयाँभन्दा बढीको लगानीमा सन्चालनमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology