(Saturday 25th of July 2026)
`

नेपालगन्जमा वास सम्बन्धि व्यवहार परिवर्तनमा हाम्रो सन्चार अभियान सुरु

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    बाँके । खानेपानी सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धि व्यवहार परिवर्तनमा हाम्रो सन्चार अभियान नेपालगन्जमा आजदेखि सन्चालन भएको छ । एसियाली बिकास बैंकको आर्थिक सहयोग, वाइन टु वाटरको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा करिव दुइ सय जनालाई खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि प्रयोगात्मक अभ्यास सहित बिभिन्न पोष्टरहरुको पर्दशनी मार्फत अभियान संचालन गरिएको थियो ।
    पहिलो दिनको कार्यक्रम वाइन टु वाटरका राष्ट्रिय निर्देशक रोशनी कार्कीको अध्यक्षता र नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्काको बिशिस्ट आतिथ्यता र महिला बिकास शाखा अधिकृत पबित्रा पुरिको उपस्थितिमा अभियान संचालन गरिएको हो ।


    कार्यक्रममा प्रमुख अतिथि बिष्टले वास सम्बन्धिका यस्ता अभियानले जनस्तरमा चेतनाको स्तरमासुधार टेवा पुर्याउने बताउनुभएको हो । अभियानमा मास्क र साबुन वितरण गर्दै कोभिड १९ र सरसफाई सम्बन्धि बिभिन्न खाले ब्यवहार परिवर्तनका कुरा तथा पानी शुद्धीकरण कसरी गर्ने भन्ने कुराको सहजीकरण वाइन टु वाटरका प्रोग्राम म्यानेजर यज्ञराज जोशी लगायत बर्षा पौडेल, दिपाशा कपाली, सरला सुवेदी, अन्जना चतुर्वेदीले सहजीकरण गर्नुभएको थियो । अभियान नेपालगन्जको विभिन्न टोलबस्ति र स्कुलहरुमा बिहिवारसम्म गरिने वाइन टु वाटरका प्रोग्राम म्यानेजर जोशीले जानकारी गराउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology