(Saturday 25th of July 2026)
`

गौरी सामुदायिक बनमा बृक्षारोपण

  • सगरमाथा गन्तब्य
  • 4.7K
    SHARES

    नेपालगन्ज, असोज : राप्ती सोनारी ४ गौरी सामुदायिक बनमा बृक्षारोपण गरिएको छ । सिक्टा सब डिभिजन बन कार्यालय बैशाको आयोजनामा यस आर्थिक बर्षको पहिलो बृक्षारोपण गरिएको रेन्जर मान बहादुर थापाले बताउनुभयो । आर्थिक बर्ष २०८०÷८१ मा २८ हेक्टर जमिनमा बृक्षारोपण गर्ने लक्ष्य अनुरुप यस बर्षको पहिलो सुरुवातमा गौरी सामुदायिक बनमा ४ हेक्टर जमिनमा बृक्षारोपण गरिएको रेन्जर थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार बाँकी वडा नं. ४ कै जलहन सामुदायिक बनमा बृक्षारोपण गरिने छ । आज कार्यक्रममा वडा अध्यक्ष मिनराज खड्का सन्तोष , सामुदायिक बन समिति अध्यक्ष कुल बहादुर पुन, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज बरिस्ठ सई लक्ष्मी प्रसाद आचार्य लगायत आम उपभोक्ताले बृक्षारोपण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology