(Saturday 25th of July 2026)
`

बालसुधार गृहमा झडप हुँदा एकको मृत्यु, ११ घाइते, स्थिती अझै तनाबमय

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । जयन्दु बाल सुधार गृहमा गए राती साढे १० बजेदेखि झडप सुरु भएको हो । फोनको विषयमा विवाद हुदा रातभरी बालसुधार गृह तनाबमय बन्यो । बालसुधार गृहको भवनमा आगजनी तथा तोडफोड समेत गरिएको छ । दुई पक्ष विच सुधारगृहमा बारम्बार झडप भैरहने गरेको स्थानियले बताएका छन् । तनाबमय बनेको बालसुधार गृहमा दुई पक्ष विच झडप हुँदा ११ जना घाइते भएका छन भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताउनुभयो ।

    एक जनाको भने उपचारको क्रममा निधन भएको डिएसपी डाँगीले बताउनुभयो । झडपमा कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युहुने केसी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा बस्दै आउनुभएको थियो । घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो । ‘यहाँको अवस्था अहिले पनि तनावपूर्ण नै छ । रातभर तोडफोड गरेर केही बाँकी राखेका छैनन् । स्थिति अहिले पनि नियन्त्रणमा आइसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सन्तोष सिंह राठौरले भन्नुभयो । यसअघि पनि बालसुधार गृहका १७ जनालाई अन्यत्र लैजाने क्रममा झडप भएको थियो । बालसुधार गृहमा २ सय ५४ जना विभिन्न कसुरमा रहेका बालवालिका रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology