(Saturday 25th of July 2026)
`

राप्रपा नेपालले ग¥यो देशभर राँके जुलुस

  • सगरमाथा गन्तब्य
  • 5.7K
    SHARES

    नेपालगन्ज : राप्रपा नेपालले देशव्यापी रूपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ । संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना तथा संघीयताको खारेजीको माग राखी राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो ।
    प्रदर्शनको क्रममा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको थियो । शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरूमा प्रहरी प्रशासनले धरपकड र हस्तक्षेप गरेकोमा राप्रपा नेपालले भत्सना गरेको छ ।
    आन्दोलनको क्रममा मसाल जुलुस र पुत्ला दहनमा नेता–कार्यकर्तालाई उत्साहित पार्न पार्टी राप्रपा नेपाल कार्यवाहक जिल्ला अध्यक्ष आशा बिष्टले जानकारी दिनुभयो । जिल्ला सदमुकामहरूका साथै काठमाडौं उपत्यकाको ४१ स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology