(Saturday 25th of July 2026)
`

नेपालगन्जवासीलाई शान्ति सुरक्षाको अनुभुत दिलाउने मेरो कर्तव्य हो : प्रहरी निरिक्षक बिसी

  • सगरमाथा गन्तब्य
  • 8.2K
    SHARES

    नेपालगन्ज  : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख तथा प्रहरी निरिक्षक हरि बहादुर बिसी सरुवा भएर वडा प्रहरी कार्यालय नेपालगन्जमा आउनुभएको छ । सरुवा भएर आउनुभएका बिसी नेपालगन्जको वडा प्रहरी कार्यालयको प्रमुख जिम्मेवारी सम्हाल्नुभएको हो । बिसीले सोमवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि विगत लामो समय प्रहरी फोर्समा विताएको अनुभवलाई नेपालगन्जवासीको लागि शान्ति सुरक्षा महसुस गराउने गरि भुमिका निभाउने बताउनुभयो । नेपालगन्जमा लागु औषधको ठुलो मात्रामा ओसारपसार तथा सेवन हुने भएको हुनाले यसलाई निस्तेज पार्न आफु पछि नहट्ने प्रतिवद्धता जनाउनुभएको छ । वडाको हरेक गल्ली टोलमा सुरक्षाको अनुभुत गराउने खाले खटिने आफु कटिबद्ध रहेको बताउनुभयो ।
    नेपालगन्ज रहुन्जेल नेपालगन्जको भलो चिताउने कार्यमा मात्र सहकार्य गर्ने उहाँले बताउनुभयो । प्रहरी र पत्रकार नङ र मासु जस्तै भएको हुनाले एक आपसमा जहिले पनि सहकार्य गरेर अगाडी बढ्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । आफुलाई दिन मिल्ने र सहकार्य गर्ने ठाउँमा कुनै कन्जुस्याई नगर्ने उहाँले दावी गर्नुभयो । नेपालगन्ज सदभावको शहरलाई अझ प्रगाढ बनाउन मेरो योगदान अतुलनिय रहने प्रमुख विसीले बताउनुभयो । नेपालगन्ज वडामा आएको चौथो दिनमा उहाँले पत्रकार भेटघाट गरि नेपालगन्जको विषयमा छलफल गर्नुभएको छ । नेपालगनज वडावासीलाई शान्ति सुरक्षाको महशुस दिने मेरो कर्तव्य हो यसमा वडावासीको पनि साथ सहयोग चाहिन्छ उहाँले भन्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology