(Saturday 25th of July 2026)
`

म विकास गर्छु, तपाईहरु संगठन बनाउनुहोसः सह–महामन्त्री राठौर

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    खजुरा, – नेपाली कांग्रेसका सह–महामन्त्री किशोर सिंह राठौरले बाँके क्षेत्र नम्बर ३ को विकासको निम्ति आफुले इमानदारिताका साथ काम गरिरहेको बताएका छन् । आर्थिक रुपमा देश संकटसँग जुधिरहेको बेला संघीय र प्रदेश सरकारबाट बाँके क्षेत्र नम्बर ३ मा थुप्रै विकास निर्माण र योजनाको निम्ति अहिले आर्थिक वर्षमा बजेट बजेट बिनियोजना गरिएको उनले बताए । बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सासद राठौंरले सोमबार खजुरा गाउँपालिका स्तरीय कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय समस्याहरुको बारेमा छलफल गरेका थिए ।
    क्षेत्र नम्बर ३ मा स–साना समस्या देखि लिएर ठुला योजनाहरुमा आफनो ध्यान केन्द्रित रहेको बताउँदै सह–महामन्त्री राठौरले कांग्रेसका नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा गएर समस्या बुझन निर्देशन दिए ।
    पार्टीलाई बलियो बनाउनको लागि कांग्रेसका नेता तथा कार्यकर्ताले नकारात्मक टिकाटिप्पणी गर्ने प्रवृतिलाई त्याग्दैं संगठनलाई बलियो बनाउन सहकार्य गर्नु पर्ने उनले बताए । सह–महामन्त्री राठौरले भने, ‘यसक्षेत्रमा जे–जतिविकास गर्नु पर्नेछ । पाँचवर्ष भित्र म विकास गर्छु । तपाईहरु संगठन बनाउनुहोस । अनिमात्र कांग्रेसले आम जनताको भावनाको सम्बोधन गर्दै देश विकासमा नेतृत्वदायी भुमिका निर्वाह गर्छ ।’
    नेपाली कांग्रेस खजुरा गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा ८ वटा वडाका सभापतिहरुले संगठनको अवस्था, स्थानीय समस्या र योजनाहरुका बारेमा जानकारी गराएका थिए ।
    अन्तरक्रियामा उपस्थिती नेता तथा कार्यकर्ताहरुको जिज्ञासालाई राठौरले सम्बोधन गरेका थिए । राठौरले आफु जनताको सेवा गर्नको लागि राजनितिमा लागेको बताउँदैं पदमा बसेका व्यक्तिले आफना व्यक्तिगत इच्छा, चाहना र समस्यालाई बिर्सदैं जनताको काममा समर्पित हुन सक्नु पर्ने बताए । नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजांलीको सभापतित्वमा भएको कार्यक्रममा बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, प्रदेश ३(ख) सभापति राजेन्द्र आचार्य, नेपाली कांग्रेस बाँकेका पुर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, गाउँपालिका पदाधिकारी, वडा सभापति, क्षेत्रीय प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology