(Saturday 25th of July 2026)
`

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एंव प्रशिक्षण सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज : नेकपा एमाले जिल्ला कमिटी बाँकेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एंव प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एंव प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएकोे हो । मिसन ग्रासरुट तथा राष्ट्रिय युवासंघको नवौ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला एंव प्रशिक्षण कार्यक्रम मंगलवार नेपालगन्जमा सम्पन्न भएको हो ।
    भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै संघिय संसद तथा नेकपा एमाले बाँकेका इन्चार्ज सुर्य ढकालले चैत्र २७ देखी २९ गतेसम्म बाँकेमा हुन गईरहेको नवौ राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन संगठनमा आवद्ध सबैको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । महाधिवेशनमा ७७ वटै जिल्लाबाट १७ सयको हारहारीमा प्रतिनीधिहरु आउने संघिय सांसद तथा नेकपा एमाले बाँकेका इन्चार्ज ढकालले जानकारी गराउनुभयो । महाधिवेशन बाँकेमै हुनेभएकोले अवसर र चुनौती दुबै भएको बताउदै अनुसाशन ढंगले सम्पन्न गराउनको निमित्त सबै युवा तथा कार्यकर्ताहरु एकबद्धता हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।


    नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनमा गठबन्धनलाई पछार्दै एमालेको भातृसंगठन अनेरास्ववियु अग्रपंक्तिमा रहेको बताउदै बाँकेको खजुरामा, कोहलपुरको र नेपालगन्जमा अनेरास्वविय प्यानललाई बिजयी गराउँन सफल भएको उहाँले बताउनुभयो ।
    नेकपा एमालेको केन्द्रिय सदस्य कोमल ओलीले निर्वाचनमा पराजित भएको, निर्वाचनका लागि तयारीमा रहेका र निर्वाचनबाट जित हाशिल गरेर जनप्रतिनीधि भएका सबैकालागी यस्ता कार्यक्रम महत्वपुर्ण रहेको बताउनुभयो । युवा पिडीलाई प्रोत्साहन गर्न र नया पुस्तालाई राजनीतिमा टिकाई राख्न भेला एंव प्रशिक्षण कार्यक्रमले टेवा पु¥याउने उहाँले बताउनुभयो ।
    यसैगरी भेलामा नेकपा एमाले लुम्बिनी प्रदेशका संसद दुर्गा चौधरी, दिपा शर्मा रुपाखेती, बसन्ती अधिकारी, एमाल बाँकेका नेता, विभिन्न सगंठन, महिला संघ र राष्ट्रिय युवा संघका जिल्ला सदस्यको आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेका महासचिव शंकर पोख्रेल रहनुभएको थियो । उक्त कार्यक्रम संचालन नेकपा एमाले लुम्बिनी प्रदेशका संसद रत्न खत्रीले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology