(Saturday 25th of July 2026)
`

नेपालगन्जको रामलिला मैदानमा माघ महोत्सव हुने

  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    नेपालगन्ज : बाँकेको नेपालगन्ज स्थित रामलिला मैदानमा माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा नेपालगन्ज नगरका अध्यक्ष बासमति थारुको संयोजकमा आज नेपालगन्जमा बसेको बैठकले माघ महोत्सव नेपालगन्जको रामलिला पक्का भएको हो ।
    महोत्सवका लागि मुल आयोजक समिति तथा उपसमिति गठन गरिएको छ । यही पुष २७ र २८ गते हुने माघ महोत्सवका लागि आर्थिक समितिमा नगर अध्यक्ष बासमति थारुको संयोजत्वमा मुल आयोजक समिति गठन गरिएको छ । कोषाध्यक्ष आरती चौधरी लगायत सदस्यमा जित बहादुर थारु, विनोद थारु, शम्भु प्रसाद थारु, जगदिश थारु, विष्णु चौधरी, सन्तोष चौधरी, परिना चौधरी, मनोज चौधरीलाई समितिमा रहेका छन् । यस्तै साँस्कृतिक तथा झाँकी व्यवस्थापन समितिको संयोजकमा भगतराम थारु रहनुभएको छ भने सदस्यमा श्रीदेवी थारु, मुकेश थारु, जागेश्वर थारु, नारायण चौधरी, विरेन्द्र चौधरी, राम चौध्री, लक्ष्मी चौधरी रहेका छन् ।
    यस्तै मञ्च व्यवस्थापन समितिको संयोजकमा विष्णु चौधरी रहनुभएको छ भने सदस्यमा सुमित्रा चौधरी, जगदिश चौधरी, चेत नारायण चौधरी, जित बहादुर थारु, नारायण चौधरी रहेका छन् । प्र्रचार प्रसार समितिको संयोजकमा शम्भु प्रसाद थारु, मनोज कुमार थारु, नारायण चौधरी, जागेश्वर सिंह थारु रहेका छन् । यस्तै खाना व्यवस्थापन समितिको संयोजकमा ललिता चौधरी, सदस्यमा जगतराम थारु, बासमति थारु, मुकेश थारु रहेका छन् । स्टल व्यवस्थापन समितिको संयोजकमा मनोज चौधरी रहनुभएको छ भने सदस्यमा सन्तोष चौधरी, जगदिश चौधरी, धन कुमार थारु रहेका छन् भने स्वयम सेवकमा मुकेश थारु, निशान थारु, जयविक्रम थारु, नरदेव थारु रहेका छन् । दुई दिने माघ महोत्सब कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती सहितको झाँकी तथा विभिन्न थारु परिकारको पनि व्यवस्था रहने आयोजकले जनाएको छ । महोत्सवमा थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, झुला लगायतका मनोरञ्जन समेत गर्न पाउने थारु कल्याणकारिणी सभा नेपालगन्ज नगर सभापति बासमति थारुले बताउनुभयो ।
    महोत्वसको तयारी छलफल कार्यक्रममा थारु कल्याणकारिणीसभाका जिल्ला सभापति विनोद थारु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका जिल्ला अध्यक्ष भगतराम थारु, थारु कर्मचारी संघ बाँकेका जित बहादुर थारु, समाजसेवी जगत चौधरी, सिताराम थारु, मान बहादुर चौधरी, विरेन्द्र चौधरी, जगदिश प्रसाद चौधरी, नारायण चौधरी, निशान्त चौधरी लगायतका थारु अगुवाहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology