कोहलपुर \ कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतको कार्यकक्षमा तोडफोड भएको छ । बिहिबार दिउसो करिब साढे १२ बजेको समयमा वडा अध्यक्षको कार्यकक्षमा तोडफोड भएको हो ।
बिहीबार बिहान ज्यान मार्ने धम्कीको फोन आए पछि एक्कासी दिउसो कार्यकक्षमा तोडफोड भएको वडा अध्यक्ष कठायतले बताउनुभयो । उहाँका अनुसार शंका लागेका तीन जना व्यक्तिहरुलाई प्रहरीले सोधपुछ गरिरहेको छ । आफ्नो कार्यकक्षमा तोडफेड के कारणले गरिएको हो र किन गरिएको हो भन्ने बिषयमा आफुलाई पत्तै नभएको वडा अध्यक्ष कठायतले बताउनुभयो । उक्त घटना प्रति गम्भीर छानबिन भईरहेको कोहलपुर प्रहरीले जनाएको छ ।
