(Saturday 25th of July 2026)
`

मोटरसाईकलको ठक्करबाट बालिकाको मृत्यु, मोटरसाईकल चालक फरार

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज : बाँकेका मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कोहलपुरदेखी सुर्खेतरोड सडकखण्डको बैजनाश गाउँपालिका वडा नं १ च्यामा खोला पूल नजिक ७ वर्षिय बालिका तृसना भट्टराईको मृत्यु भएको हो ।
    शुक्रवार बिद्यालयबाट घर फर्किएर स्कूलको र्डिस समेत नखोली आफ्नो आमालाई बोलाउने क्रममा तृसनालाई घरको सामुबाट मोटरसाईकल ठक्कर दिएर फरार रहेको छ । शुक्रबार करिब सवा चार बजे सुर्खेत रोड हुदै कोहलपुर तर्फ तिब्र गतिमा आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएर फरार रहेपछि मोटसाईकल चालकको पहिचानमा कठिनाई भएको छ ।
    मोटरसाईकल ठक्करबाट चोटाएर रगतै रगतले लत्पतीएकी तृसनालाई आमा खिमा भट्राईले छोरी बाचाउने आशमा मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा तृसनाको मृत्यु भईसकेको आमा खिमाले बताउनुभयो । उहाँका अनुसार प्रहरी प्रशासनको गम्भीर लाफरबाहीका कारण आफ्नो छोरीको हत्यारा फरार रहेको उहाँको भनाई छ । उहाँले छोरी तृसनालाई ठक्कर दिएर फरार रहेको मोटरसाईकलको प्रहरीले इन्ट्री समेत नगराएकाले भन्दै मोटरसाईकल चालकको पहिचान समेतमा कठिनाई भएको बताउनुभयो ।
    उहाँले भन्नुभयो “मेरो छोरी राइट साईडमा छ । मोटरसाईकलवाला तिब्र गतिमा आएर मोरी छोरीलाई कुचेलिदियो । मेरो छोरी भर्खरै स्कूलबाट आएकी थिई ड्रिस समेत नखोलेर मलाई खोज्दै घर समुनै यता उता हेर्दै गर्दा मोरो छोरीलाई मोटरसाईकलले कुचलेर भाग्यो । मेरो अब सन्तान हुदैनन मैले बन्धाकरण गरिसकेको छु मृतक तृसनाका आमाले भन्नुभयो । भगवानले दिएको एक छोरा एक छोरीमा मोटरसाईकलवालाले मेरो छोरी मारिदियो ।
    प्रहरी प्रशासन र स्थानीय सरकारकै लाफरबाही छोरी गुमाएकी पीडीत आमाले मोटरसाईकल चालकलाई खोजतलास गरेर कडा भन्दा कडा सजाएको माग गर्दै यदि हत्यालाई समात्न सकिएन भने कडा सडक आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ ।
    आज शनिवार घटना स्थलमा आगो बालेर सडक बन्द गरिएको छ । यसरी घरको सामुनैबाट तृसनालाई ठक्कर दिएपछि पीडित पक्ष मात्र नभई सिंगो स्थानीय बासी आक्रोसित भएका छन् । यतिबेला घटना स्थलमा स्थानीय र मानव अधिकारकर्मीको भिडले भरिएको छ भने आवतजावत गर्ने यात्रु वाहक बसलाई रोक लगाइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology