(Saturday 25th of July 2026)
`

सडकपेटीमा जीवन बिताइरहेका मानवका लागि नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुने

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा मंसीर २९ गते हुने नेपथ्य लाइभ कन्सर्टका लागि नेपथ्य परिवारसंगको चियापान सम्पन्न गरिएको छ । मानवसेवा आश्रमको भवन निर्माण एंव अक्षयकोष स्थापनार्थ तथा मानवताका लागि सांगीतिक कार्यक्रमको पुर्व सन्ध्यामा मंगलवार नेपथ्य परिवारसंगको चियापान सम्पन्न गरिएको हो ।
    नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले जमीनलाई बिस्तारा र खुल्ला आकाशलाई ओढ्ने सिरक बनाएर सडकपेटीमा जीवन बिताइरहेका मानवकाहरुको लागि लाइभ कन्सर्ट गर्न पाउदा गर्व महसुस भएको बताउनुभएको छ । सडकमा देखीने भोका, नाङ्गा, असाहय मानवहरुलाई उद्दार गरि घरभित्रको न्यानोपन दिने यस सांगीतिक कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले आसय गर्नुभयो ।
    उहाँले भन्नुभयो “हजुरहरुले सडकमा देखिने भोका, नाङ्गा, असाहय मानवहरुको उद्दार गर्ने मानवसेवा आश्रमलाई अर्थात मन्दिलाई सक्दो सहयोग छ । सडकमा बेवारिसे अवस्थामा बाचिरहनुभएका मानवहरुलाई मानवसेवा आश्रमले आश्रय दिएर ठुलो योगदान गरेको नेपालगन्ज उपमहानगरपालिकाका पुर्व उपप्रमुख उमा थापा मगरले बताउनुभयो । उहाँले आश्रमको भवन बन्दै गर्दा आश्रमको उद्देश्य सडकमा भेटीएका मानवहरुलाई आश्रय दिनु मात्र नभई उहाँहरुको परिवार संग सम्पर्क गरेर पुर्नः मिलन गराउन पनि अपेक्षा रहेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “ मेरो व्यक्तिगत बिचारमा बृद्धआमा बुवालाई आश्रममा लगेर छोड्नु वा बेवारिसै छोड्नु भन्दा उहाँहरु बाचुञ्जेल सेवा माया गरेर बाच्नलाई प्रेरित गर्नु हो । मानवसेवा आश्रमलाई १० कठ्ठा जग्गा दान गर्नुभएको डुडुवा गाउपालिकाका स्थानीय जग्गादाता जैकेश सिंहले सेवा नै धर्म हो भन्दै बाँकेमा देखीएका भोका, नाङ्गा, असहाय मानहरुकालागि आफुबाट हुने सहयोग गरेको बताउनुभयो ।
    उहाँले भोका, नाङ्गा, असहाय मानवहरुलाई सडकमाबाट मुक्त हुनुपर्छ भन्ने उद्देश्यले डुडुवा गाउपालिका वडा नं ६ मा रहेको आफ्नो १० कठ्ठा जग्गा मानवसेवा आश्रमलाई भवन निमार्णका लागि दान गरिदिएको समेत बताउनुभयो । नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रमले नेपालगञ्ज रंगशालामा गर्न लागेको मानवताका लागि सांगीतिक यात्रा कन्सर्टका लागि नेपथ्यका टोली नेपालगन्जमा आइपुगेको छ । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङ, किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोली रहेको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो ।
    गायक गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नु हुनेछ । कन्सर्ट प्रवेशका लागि १ एक हजार शुल्क लाग्ने कन्र्सटका व्यवस्थापन समितीले जाकारी गराउदै आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण हुन अति आश्यक रहेको जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology